रवि लामिछाने प्रकरणः चितवनमा ५ लाख धरौटी बुझाएर छुटे, बानेश्वरमा अविर यात्रा

जनपत्र
९ भाद्र २०७६, सोमबार २०:००

पत्रकार शालिकराम पुडासैनीलाई आत्मत्याका लागि दुरुत्साहन गरेको अभियोग लागेका सञ्चारकर्मी रवि लामिछाने चितवन जिल्ला अदालतमा ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

उक्त मुद्दामा जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले न्युज २४ टेलिभिजनका सञ्चारकर्मी रवि लामिछानेलाई ५ लाख, सोही टेलिभिजनका कार्यरत पत्रकार युवराज कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यस्तै अर्की अभियुक्त अस्मिता कार्कीलाई भने साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएपछि काठमाडौंमा समर्थकले खुशीयाली मनाएका छन् ।

नयाँ बानेश्वरमा भेला भएका समर्थकले अविर दलादल गरेर खुशी साटेका हुन् ।

सोमबार साँझ जिल्ला अदालत, चितवनले लामिछानेलाई ५ लाख, सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।

लामिछाने पत्नी निकिता पौडेलका अनुसार, अहिले कानूनी प्रक्रिया पूरा गरेर धरौटी जम्मा गर्न लागिएको छ । ‘कागजपत्र तयार गरिरहेका छौं । केहीवेरमा धरौटी बुझाउँछौं’, उनले अनलाइनखबरसँग भनिन् ।

तीनै जनाविरुद्ध आइतबार आत्महत्या दुरुत्साहन गरेको कसूरमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले मुद्दा दायर गरेको थियो ।

पत्रकार शालिकराम पुडासैनी लामिछाने प्रस्तोता रहेको ‘सिधा कुरा जनतासँग’का पूर्वसंवाददाता हुन् । हालै न्यूज २४ छाडेर उनी माउन्टेन टेलिभिजमा कार्यरत् थिए । उनी २० साउनमा चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि प्रहरीले ३० साउनमा तीनैजनालाई पक्राउ गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*