मकवानपुरका तीन स्थानमा सवारी दुर्घटना, १० जना घाइते

हेटौंडा । मकवानपुरका तीन स्थानमा भएका सवारी दुर्घटनामा १० जना घाइते भएका छन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–७ दुम्सीडाँडाभित्री कच्ची सडक खण्डमा अटो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । दुम्सीडाडाबाट हेटौडा तर्फ जादै गरेको ना २ ह ५१७४ नम्बरको अटो आफै अनियन्त्रित भई सडकबाट ३५ फिट तल खस्दा अटोमा सवार ७ जन घाइते भएका हुन् ।
यसैगरी मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–७ देउखेलमा पालुङ–देउखेल भित्रि सडकखण्डमा देउखेलबाट पालुङ तर्फ आउदै गरेको ना ४ ख ४०८३ नम्बरको बस बाटोमा बिग्रीदा उक्त बसको सहचालक मकवानपुर थाहा नगरपालिका वडा नम्बर–३ बस्ने १९ को प्रशान्त गोपालीले बसको मुनि पसेर सापट कस्ने क्रममा
एक्कासि बस गुड्न गई निज सहचालकलाई सोहि बसले किच्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको ट्रमा सेन्टर काठमाडौमा उपचार भइरहेको छ ।
यसैगरी मकवानपुरको वागमती गाउँपालिका वडा नम्बर–७ लामिटारमा झुरझुरे तर्फबाट हेटौडा तर्फ आउदै गरेको ना ३० प ३४८१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलिको पोलमा ठोकिन गई दुर्घटना भएको छ । दुर्घटनामा चालक बागमती गाउँपालिका वडा नम्बर–६ ठाडीखोलाका दुइ जना घाइते भएका छन् ।