मकवानपुरमा विगतको तुलनामा यस पटक खसीबोकाको व्यापार कम

जनपत्र
८ कार्तिक २०८०, बुधबार ०८:५२

हेटौंडा । मकवानपुर जिल्लामा खसीबोका व्यापारीहरुले विगतको तुलनामा यस पटक व्यापार कम भएको बताएका छन् ।

नेपालीहरुको महान् चाड विजयादशमीको अवसरमा मकवानपुरका बिभीन्न स्थानीय तहबाट खसीबोका ल्याए पनि व्यापार भने उल्लेख्य नभएको गुनासो व्यापारीहरुको छ । उनीहरुले मकवानपुरका बिकट गाउँबाट खसीबोका किनेर नल्याउँदा हेटौंडामा खसीबोका महँगो परेको पनि व्यापारीहरुले बताए ।

हेटौंडा आउने निश्चित खसीबोका नै किनेर ल्याएको र बिकट क्षेत्रबाट किनेर नल्याउँदा महँगो परेको उपभोक्ताहरु बताउँछन् । हेटौंडामा खसीबोका पर्याप्त रुपमा आएपनि त्यसलाई तौल गरेर बिक्री गर्ने व्यावस्थापन नहुँदा कुनै उपभोक्तालाई सस्तो परेको र कसैलाई महगो मुल्य परेको हेटौंडा –४ का स्याम सापकोटा बताउनुहुन्छ ।

मकवानपुरका किसानहरुले भने दशैमा खसी, बोका बिक्री गर्दा सस्तो मुल्यमा बिक्री गर्नु परेको गुनासो समेत गरेका छन् । दशैमा बिक्री गर्दा व्यापारीले यस पटक भाउ छैन भनेर सस्तो मुल्यमा बिक्री गर्नु परेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*