बागमती प्रदेशका मन्त्री, सचिब र बिभीन्न कार्यालयका कर्मचारीहरुले दशैं बिदामा सरकारी गाडी लिएर घर गए

जनपत्र
६ कार्तिक २०८०, सोमबार ०८:३८

हेटौंडा । बागमती प्रदेश सरकारका मन्त्री, सचिब र बिभीन्न कार्यालयका कर्मचारीहरुले दशैं बिदामा सरकारी गाडी लिएर घर गएका छन् । बिदाको समयमा गाडी मन्त्रालय वा कार्यालयमा राखेर जानुपर्ने समयमा सबै जसो मन्त्री, सचिब, कार्यालयका प्रमुखहरुले सरकारी गाडी दशैमा आफ्ना व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरिरहेका छन् ।

अझ धेरै कर्मचारीहरुले त काज लिएर समेत गएका छन् । दशैमा लामो बिदा हुन्छ । तर, प्रदेशका एक दर्जन मन्त्री, सचिब, महासााका प्रमुखहरु र मातहतका कार्यालयका प्रमुखहरुले गाडी लिएर घर गएका हुन् । उनीहरु मध्य धेरैले चालकलाई पनि लिएर गएका छन् ।

सबैजसो मन्त्रालयका मन्त्री र सचिब,महासाखाका प्रमुखहरुले आफुले पहिले देखिनै चढ्दै आएको गाडी समेत लिएर गएको र केहीले मात्र आफ्ना गाडी छोडेर गएको मुख्यमन्त्री कार्यालयका एक कर्मचारीले बताए ।

उनीहरुले लगेका सरकारी गाडीमा दशै सुरु भए लगतै देखि आफ्न्तहरुलाई ल्याउने, लैजाने, घरका सामानहरु ओसार्ने लगायतका काममा प्रयोग गरिएको एक जना चालकले बताए । हेटौंडामा रहेको मन्त्रालयमा पुग्दा धेरैजसो कर्मचारी र मन्त्रीहरुले आफुले चढ्र्द आएका गाडी छोडेका छैनन् ।

धेरैले आफ्ना मन्त्रालय र कार्यालयको तेलको कुपन काटेर तेल पनि प्रयोग गरिरहेका छन् । प्रदेशको मुख्यमन्त्री कार्यालय सहित १२ वटै मन्त्रालय, बिभीन्न सरकारी कार्यालयहरुमा कार्यालयको रेखदेख गर्नका लागि कार्यालय सहयोगी, सुरक्षा गार्डलाई जिम्मा दिइएको छ । तर, मन्त्रालयका सवारीका साधन भने कार्यालयमा देखिदैन । उनीहरुले लिएर गएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*