हेटौंडाको हटियाका किसानलाई अर्गानिक खेतीमा प्रोत्साहित गरिदै

जनपत्र
९ भाद्र २०७६, सोमबार १९:३६

हेटौंडा । हेटौंडा १७ हटियामा प्राङ्गारीक झोल मल बनाउने सम्वन्धमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । सृजनशिल नेपाल संस्थाको आयोजना तथा कारितास नेपाल र केजेरी जर्मनी मिजरियोको सहयोगमा एसडीआई परियोजना अन्तरगत महिला समुहका सदस्यहरुलाई अभिमुखीकरण गरिएको हो ।

हटियामा स्थानीय प्रजातिको विउको प्रवर्दन गर्ने, हाईब्रिड जातको विस्थापन गर्ने, अर्गानीक खेतिलाई स्थानीय स्तरमा प्रोत्साहित गर्ने उदेश्यले समुहका सदस्यलाई अभिमुखीकरण गरिएको सृजनशिल नेपालका कार्यक्रम संयोजक सृजना पाठकले बताउनुभयो । संस्थाका सदस्य सुमित्रा श्रेष्ठको अध्यक्षता तथा हेटौंडा १७ का वडा अध्यक्ष भैरवकुमार राईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागि समुहका सदस्यहरुलाई घमराज तिमल्सीनाले सहजीकरण गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*