भूकम्पले धादिङमा १८ परिवारको घरगोठमा क्षति

जनपत्र
५ कार्तिक २०८०, आईतवार १४:४६

काठमाडौं । आइतबार बिहान गएको भूकम्पले धादिङमा १८ परिवारको घरगोठमा क्षति पुगेको छ ।

आइतबार बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपासलाई केन्द्रविन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, मकवानपुर, चितवनसम्म महसुस भएको थियो ।

धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार क्षतिको विवरण संकलन भइरहेको छ । ‘मानवीय क्षति छैन, घर गोठ चाँहि भत्किएको, चर्किएको छ’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*