९६ प्रतिशत किसान बीमा पहुँचबाट बाहिरै

जनपत्र
४ कार्तिक २०८०, शनिबार १२:३३

काठमाडौं । कृषि बीमामा किसानको पहुँच निकै न्यून रहेको पाइएको छ ।

सातौं राष्ट्रिय कृषि गणनाले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । जसअनुसार कृषिजन्य वस्तुको बीमामा ९६ प्रतिशत किसानहरु पहुँच बाहिर रहेको पाइएको छ ।

गत महिना सार्वजनिक २०७८ को सातौं गणनाको नतिजाअनुसार देशभरका एक लाख ८२ हजार ४ सय किसान मात्रै हालसम्म बीमाको पहुँचमा छन् । जुन कुल कृषक परिवार संख्याको ४ प्रतिशत मात्रै हो । अर्थात ३९ लाख ४८ हजार ३ सय किसान परिवार अझै बीमाको पहुँचबाट टाढै छन् ।

तथ्याङ्कअनुसार बीमाको पहुँचमा रहेका मध्ये पनि ८४ प्रतिशत किसानहरुले पशुपन्छीका लागि मात्रै बीमा गरेको बताएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*