दशैं मनाउन हेटौंडा आउने यात्रुसंग टाटासुमो ठगि, दोब्बर भाडा असुली

हेटौंडा । काठमाण्डौंबाट छोटो दुरीको मार्ग भएर दशैमा मकवानपुर लगायत तराइका जिल्लामा आउने यात्रुसंग टाटासुमोहरुले दोब्बर भाडा असुली गर्न गरेका छन् । दशैको घरस्थापना सुरु भएदेखिनै सुमोहरुको ठगि सुरु भएको हो ।
काठमाण्डौंबाट हेटौंडा आउन टाटा सुमोको भाडा ६५० रुपैयाँ एक जना यात्रुको भएपनि सुमोहरुले भने १५ सय रुपैयाँ सम्म असुली गरेको याुत्रहरुले गुनासो गरेका छन् । काठमाण्डौंबाट हेटौंडा आउने क्रममा टाटासुमोको कृतम अभाव सृजना गरेर ठगि गरेको हेटौंडा–४ का बिक्रम सापकोटा बताउनुहुन्छ ।
दशैका लागि हेटौंडा ओलर्ने यात्रुसंग दोब्बर भाडा असुली गर्दा पनि काठमाण्डौं र मकवानपुर प्रशासनले कुनै कार्बाही गरेको छैन । हाल सम्म यात्रुहरुको सुमोले गरेको ठगिका विषयमा गुनासो नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सीताराम रिजालले बताउनुभयो । यस विषयमा काठमाण्डौं प्रहरीसंग समन्वय गरेर काम गरिने बताउनुभयो ।
हेटौंडा आउने र हेटौंडा भएर तराइका जिल्ला जाने यात्रुसंग बढी भाडा लिएको पाइए कार्बाही गरिने र अहिले सम्म ट्राफिक प्रहरीले एउटा ओभर लोड बोक्ने सुमोहरुलाई कार्बाही गरेको उहाँले बताउनुभयो ।
काठमाण्डौबाट हेटौंडा आउँदा नारायणी यातायाता व्यावसायी संघ लगायतका सबै सुमोहरुले एक हजार रुपैयाँ देखि १५ सय रुपैयाँ सम्म असुली गरेका हुन् । भीमफेदी, कुलेखानी रुटमा चल्ने एक दर्जन सुमो कम्पनिहरुले यात्रु ठगिगरिरहेका हुन् ।
पहिले टाटासुमो छैन भन्ने पछी यात्रुसंग तोकिएको भन्दा दोब्बर भाडा लिने गरेको यात्रुहरु वताउँछन् । काठमाण्डौंबाट हेटौंडा आउने यात्रुहरुसंग पनि प्रत्यक टाटासुमोले यात्रु ठगी गरिरहेका छन् । यात्रुलाई टिकट भने ६ सय ५० रुपैयाँको थमाउने गरिएको छ । धेरैले त टिकट समेत दिने गरेका छैनन ।