भूकम्प प्रतिरोधी कालिगढ तालिम दिँदै ललितपुर महानगर

जनपत्र
३ कार्तिक २०८०, शुक्रबार १७:३६

काठमाडौं । ललितपुर महानगरपालिकाले भूकम्प प्रतिरोधी भवन निर्माणको लागि तालिम दिने भएको छ ।

वडा कार्यालयले एक सूचना निकाल्दै पुरानो शहरी क्षेत्रमा सम्पदामैत्री र भुकम्प प्रतिरोधी तथा अन्य क्षेत्रमा भुकम्प प्रतिरोधी भवन निर्माणका लागि कालिगढको तालिम दिने भएको हो ।

महानगरको शहरी योजना व्यवस्थापन समितिले दक्ष कालिगढको लागि तालिम दिन आयोजना गर्ने भन्दै प्रत्येक वडाबाट २ (दुई) जना छनौट हुनेगरी ४ (चार) जना सहभागीको नाम पठाउन वडा कार्यालयहरुलाई पत्र समेत लेखेको छ ।

२४ कातिकसम्ममा सोहि क्षेत्रमा कार्य गर्ने व्यक्तिलाई छनौट गरी पठाइदिन महमानगरले वडालाई पत्र लेखेको हो । वडा कार्यालयले पठाएको ४ जनाबाट २ जना छनौट गरेर तालिम दिनेछ ।

तालिममा सहभागी हुनेहरुलाई यातायात खर्च, दिवा खाजा, मसलन्द सामाग्री र तालिम पश्चात पाठ्य सामाग्री प्रदान गरिने पत्रमा भनिएको छ ।

यस्तो छ वडालाई लेखेको पत्र :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*