एनआरएन निर्वाचन विवाद : अनलाइन भोटिङको जिम्मा पाएको कम्पनीसँग वास्तविकता बुझिँदै

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को नेतृत्व चयन गर्न अनलाइनमार्फत् भएको भोटिङमा एकजना उम्मेदवारको नेपालबाट प्राप्त मत शून्य देखिएपछि निर्वाचन कमिटीले सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु गरेको छ ।
अनलाइन भोटिङ गराउने जिम्मा पाएको अष्ट्रेलियाको भेरो भोटिङ कम्पनीसँग त्यसबारे सत्य तथ्य बुझ्ने काम भइरहेको प्रमुख निर्वाचन अधिकृत यादवप्रसाद ढुंगानाले बताए । ‘शून्य मत आएको विषयमा भेरो भोटिङ कम्पनीलाई अनलाइनमार्फत पत्राचार गरेका छौं । त्यसबाट वास्तविक जानकारी लिई सत्यतथ्य व्यहोरा सार्वजनिक गर्छौं’ ढुंगानाले भने ।