रवि लामिछाने र युवराज कँडेलको वयान सकियो, थुनछेक बहस सुरु
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलको बयान सकिएको छ । यसअघि आइतबारै अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको थियो ।
सोमबार जिल्ला अदालत चितवनमा उपस्थित गराइएका लामिछाने र कँडेलको बयान सकिएलगत्तै थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासमा बहस भइरहेको हो । वादी र प्रतिवादीको बहसपछि अदालतले तीनै जनालाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा राख्ने भन्ने बारे निर्णय गर्नेछ ।