महामन्त्री थापाले आगामी चुनावमा नेपाली कांग्रेसले गठबन्धन गरे पार्टी एक नरहने समेत बताएका छन् ।
बागमतीमा कांग्रेस नेतृत्वमा सरकार बनाऔं भनेर सांसदहरु मकहाँ आउनुभयो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बागमती प्रदेशमा कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने माग उठेको बताएका छन् । नेपाली कांग्रेसका चार जना प्रदेश सभा सदस्यहरु आफूकहाँ आएर माओवादी केन्द्रको नेतृत्वमा रहन नसक्ने बताएको उनले जानकारी दिए ।
नेपाल प्रेस युनियनको शुभकामना आदान प्रदान तथा चियपान कार्यक्रममा महामन्त्री थापाले भने, ‘आज म कहाँ चार जना बागमती प्रदेशका सांसदहरु आउनुभयो । उहाँहरु के भन्नुहुन्छ भने बागमती प्रदेशमा हामी सबभन्दा ठूलो पार्टी हो, हामी माओवादीलाई मान्दैनौं । सरकार बदलौं ।’