दशैँकाे किनमेल : सामान किन्न रक्साैल जान्छन् नेपाली, वीरगञ्ज सुनसान

जनपत्र
२ कार्तिक २०८०, बिहीबार १५:१२

पर्सा – दशैँ शुरु भएसँगै यतिबेला सीमावर्ती भारतीय बजार रक्सौलमा नेपाली ग्राहकको भीड बढ्न थालेको छ भने वीरगञ्ज बजारमा भने खासै भीड देखिएको छैन ।

नेपाली बजारभन्दा भारतीय बजारमा पूजापाठ, खाद्यान्नलागयतका दैनिक उपभोग्य सामग्री सस्तो पाइने भएकाले जिल्लाका विभिन्न ठाउँबाट स्थानीयवासीले दशैँका अवसरमा उपभोग्य सामग्री किन्न भारतीय बजार रक्सौलतर्फ आकर्षित हुन थालेका हुन् ।

अहिले ठूलो सङ्ख्यामा नेपाली दिनहुँजसो समान किन्न सीमावर्ती भारतीय बजार रक्सौल आउन थालेपछि यहाँ भीड बढ्न गएको रक्सौलका व्यापारी बताउँछन् । नेपाली बजारभन्दा भारतीय बजारमा सस्तो दरमा समान पाउने तथा त्यहाँका व्यापारीले नेपाली ग्राहकसँग मृदु व्यवहार गर्ने गरेकाले नेपाली उपभोक्ता दशैँलगायत विभिन्न चाडपर्वमा समान किन्न सीमापारि भारतीय बजार आउने गरेका रक्सौलमा समान किनिरहेका नेपाली उपभोक्ता सन्तोषकुमार साहले बताउनुभयो ।

नेपाली बजारभन्दा भारतीय बजारमा प्रत्येक समानको मूल्य १० देखि २० रुपैयाँसम्म सस्तो हुने भएकाले किन्न सीमापारि जान्ने गरेको उहाँको भनाइ छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानहरूले दशैँका अवसरमा दैनिक उपभोग्य समान किनेर लैजाने नेपालीलाई अहिले सहज गरेकाले अहिले अरू दिनको तुलनमा भीड बढ्न गएको छ । नेपाली ग्राहकले भारतबाट दाल, चिनी, खाने तेल, मसला, चामललगायतका समान किनेर लैजाने गरेका भारतीय व्यापारी रामकुमार अग्रवाल बताउनुहुन्छ ।

टेक्सटाइल चेम्बर अफ कमर्स रक्सौलका अध्यक्ष अरुणकुमार गुप्ताले भारतको रक्सौलमा रहेको कपडा व्यापारीले कपडा किन्दा नेपाली रुपैयाँको बट्टा नकाट्ने भएकाले महिलाको कपडा पसलमा बढी भीड लाग्ने गरेको बताउनुभयो । दशैँजस्तो समयमा पनि मालसामान किन्न धेरैजसो ग्राहक सीमावर्ती भारतीय बजार जान्ने गरेकाले नेपाली बजारमा रौनक हराउँदै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*