चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात, अवस्था खतरामुक्त

जनपत्र
२ कार्तिक २०८०, बिहीबार ११:३८

काठमाण्डौ – चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएको छ । छातीमा समस्या देखिएपछि उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा रहेको पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको उहाँका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठलाई सामान्य खालको हृदयाघात भएको स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले बताउनुभयो । उहाँको छातीमा स्टेन्ट राखिएको छ । अहिले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको उहाँको सचिवालयले जनाएको छ ।

श्रेष्ठलाई २४ घन्टे निगरानीका लागि सघन उपचार कक्षमा राखिएको छ । उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ समकक्षीको निमन्त्रणमा चीन भ्रमणमा जानुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*