भिडियो कन्फ्रेन्सबाट पहिलोपल्ट मन्त्रिपरिषद् बैठक,सिंगापुरबाटै मन्त्रीहरुसँग प्रधानमन्त्रीकाे संवाद

जनपत्र
९ भाद्र २०७६, सोमबार १४:०८

प्रधानमन्त्री केपी शर्मा ओली देश बाहिर रहेका बेला पनि मन्त्रिपरिषद् बैठक बसेको छ । उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीलाई भिडियो कन्फ्रेन्सका माध्यमबाट जोडेर मन्त्रिपरिषद् बैठक बसेको हो ।  सरकारको कार्यसम्पादन नियमावली २०६४ लाई संशोधन गरेर प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेको बेला भिडियो कन्फ्रेन्सलगायतका प्रविधि प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था भर्खरै गरिएको थियो ।

गत बिहीबार मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री ओली सिंगापुर रहँदा पनि मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*