पुडासैनी आत्महत्या प्रकरण : शालिकको मृत्यु पछि रविले किन भेट्न खोजेका थिए अस्मितालाई ?

साउन २० गते चितवन नारायणगढको कंगारु होटलमा माउन्टेल टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या भएपछि न्युज २४ बाट प्रसारण हुने कार्यक्रम ‘सिधा कुरा जनतासँग’ का सञ्चालक रवि लामिछानेले पुडासैनीको प्रेमिका रुकु भनिने अस्मिता कार्कीलाई भेटेर अर्न्तवार्ता लिने प्रयास गरेको तथ्य भेटिएको छ ।
प्रहरी बयानका क्रममा क्यामेरामेन अनिल ढुंगेलले कार्यक्रम सञ्चालक रवि र कार्यक्रम निर्माता दिपक बोहोराले भनेपछि आफूले पुरानो चिनाजानीका आधारमा अस्मितासँग केही कुरा बुझ्न बारम्बार फोन गरेको बताएका छन् । उनले भनेका छन, ‘दिपक र रविले घटनाबारे के रहेछ अस्मितासँग बुझ्नुपर्यो भनेकाले मैले निज प्रतिवादी अस्मितालाई पटक–पटक कल गरेको हुँ ।’ एक/दुई दिन पछि दिपक र रवि अस्मितालाई भेटन बसुन्धाराको ग्रिन सिटी अस्पताल बाहिर पुगेर पटक-पटक फोन गरेको कुरा पनि अनिलले बताएका छन् ।