जब अस्मिताले शालिकराम विवाहित भएको थाहा पाइन्, युवराजबाट ब्याकमेलिङ

जनपत्र
९ भाद्र २०७६, सोमबार १३:३३

जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेकी अस्मिता कार्कीले शालिकराम पुडासैनीसँग प्रेम सम्बन्ध रहेको स्वीकारेपनि शालिकराम बिबाहित रहेको खुलेपछि सम्बन्धमा दरार आएको पाइएको छ।

प्रतिवादी अस्मिता भनिने रुकु कार्कीले शालिकरामले बिबाहित हुँदाहुँदै आफूलाई धोका दिएको मौकामा बयान गर्दा उल्लेख गरेकी छिन् ।  सरकारी वकिलको कार्यालयले जिल्ला अदालत चितवनमा दायर गरेको अभियोगपत्रमा शालिकरामको असलियत खुलेपछि अस्मिताले सम्पर्क गर्न नचाहेपनि उनले फोन गरी दुःख दिएकाले न्यूज २४ को सिधा कुरा जनतासँग कार्यक्रममा काम गर्ने क्यामेरा मेन अनिल ढुंगेललाई भेटि यसबारे जानकारी गराएको उल्लेख गरिएको छ । शालिकराम सिधा कुरा जनतासँग कार्यक्रमका पूर्व संवाददाता हुन् ।

सो क्रममा अनिललाई अस्मिताले रवि लामिछानेसमेतलाई यो कुरा जानकारी गराइदिन भनेको र शालिकरामसँग भएका म्यासेजका केही स्कृन सटहरु समेत अनिललाई दिएको उल्लेख गरेकी छिन् ।

‘सो विषयमा निज अनिल ढुंगेलले प्रतिवादी रवि लामिछाने, युवराज कँडेल समेतलाई जानकारी गराएको भनेका थिए, मृतकसँग सम्बन्ध बिग्रपछि मैले अनिल ढुंगेललाई शालिकराम र मेरोबीचको मेसेज तथा अन्य कुराकानी सेयर गरिदिएकी थिएँ र सो पश्चात अनिल ढुंगेल, युवराज कँडेल, रवि लामिछानेले सो सम्बन्धमा सल्लाह गरी पुडासैनी हतोत्साहित हुने किसिमले केही कुरा भनेको या गरेको हुनपर्छ’ अस्मिताको बयानमा आधारित अभियोगपत्रको पृष्ठ नम्बर १३ मा भनिएको छ ।

अस्मिताले सोही कारणबाटै शालिकरामले आत्महत्या गरेको हुनुपर्छ भन्ने बयान दिएकाले उनको कारणबाट समेत आत्महत्या गर्नुपर्ने परिस्थिति सिर्जना भएको दाबी गरिएको छ।

युवराजले गाली गर्थे शालिकरामलाई
यता अर्का आरोपी युवराज कँडेलले शालिकरामलाई कामको सिलसिलामा पटक पटक गाली गर्ने गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ । रवि लामिछानेको बयानबाट पनि समाचार बनाउने क्रममा युवराजले शालिकरामलाई गाली गर्ने गरेको खुल्न आएको अभियोगपत्रमा उल्लेख गरिएको छ ।

शालिकरामले प्राण त्याग्नुअघि रेकर्ड गराएको भिडियोमा युवराजले नै अस्मितासँग सम्बन्ध बनाइदिएको बताएको र अस्मिताले पनि म्यासेजहरु घटना हुनु अगाडि नै आफूले युवराज कँडेललाई दिएको भनि बयान दिएकाले प्रतिवादीहरुको विषयमा भिडियोबाट पुष्टि हुन आएको अभियोगपत्रमा दाबी गरिएको छ।

यसो अस्मिताले कँडेललगायतसँग मिलेर बलात्कार मुद्दा हाल्न योजना बनाएको भन्दै शालिकराम हतास हुँदै बताएका प्रमिला शर्मा भुषालको काजगमा उल्लेख गरेको अभियोगपत्रमा उल्लेख छ । साउन ३० मा राजधानीमा पक्राउ परेका ३ जनामध्ये अस्मिताको अदालतले आइतबार बयान लिएको छ भने लामिछाने र कँडेलको सोमबार बयान हुँदैछ ।

शालिकरामले आफूलाई आत्महत्या गर्न लामिछाने, कार्की र कँडेलले बाध्य बनाएको दाबीसहित एक भिडियो रेकर्ड गराउँदै साउन २० मा चितवनमा आत्महत्या गरेका थिए ।  रातोपाटीबाट साभार । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*