सजिलो ब्रोकरले पायो सदस्यता नम्बर ९०

हेटौंडा । सजिलो ब्रोकर लिमिटेडले यहि असोज २९ गते सोमबार ब्रोकर सदस्यता पाएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले सजिलोलाई स्टक ब्रोकर नम्बर ९० सदस्यता प्रदान गरेको हो ।
कम्पनिका सस्थापक अध्यक्ष गोबिन्द शर्मा गैरेले कम्पनीले आफ्नो नाम जस्तै सेवापनि सजिलो रुपमा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएकोछ । कम्पनी स्थापना र ब्रोकर लाइसेन्स दिने प्रक्रियामा सहयोग गरेको भन्दै कम्पनीले नेपाल धितोपत्र वोर्ड, नेपाल स्टक एक्चेन्ज, सेयरधनी लगायतमा आभार व्यक्त गरेको छ ।
ब्रोकर लाइसेन्स सबैको लागि खुला राख्ने नीति अनुसार नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स खुला गरेको थियो ।