मकवानपुरमा गाँजा मुद्दाका फरार १२ वर्षपछि घरैबाट पक्राउ

जनपत्र
२९ आश्विन २०८०, सोमबार १८:११

हेटौंडा । गाँजा मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । फरार रहेको भनिएका साबिक टिष्टुङ गाविस–६ हालको थाहा नगरपालिका–१२ का ६९ वर्षीय नाइके भनिने धन लामालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

घरमै बसेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले बताए । लामाको घरपछाडि बारीमा लुकाइराखेको अवस्थामा गाँजा बरामद भएको थियो । २०६८ माघ १ मा प्रहरीले १ हजार ४ सय ४० केजी गाँजा बरामद गरेको थियो । त्यतिबेलादेखि नै लामा फरार थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*