कङ्गोमा कार्यरत दक्षिण अफ्रिकाका नौ जना शान्ति सैनिक फिर्ता हुने

यौन तथा अन्य दुर्व्यवहारको आरोप लागेपछि कङ्गोमा कार्यरत दक्षिण अफ्रिकाका नौ जना शान्ति सैनिकलाई फिर्ता हुने भएका छन् ।
संयुक्त राष्ट्रसङ्घले उनीहरूविरुद्धको आरोपको गम्भीरतालाई ध्यानमा राख्दै तत्काल स्वदेश फर्काउने निर्णय गरेको जनाएको छ । उनीहरुले आरोपमाथि छानबिन गर्न पनि अवरोध गरेका राष्ट्र सङ्घले जनाएको छ । राष्ट्र संघका अनुसार अन्य दुई वरिष्ठ अधिकृतलाई पनि बदलिने तयारी भएको छ ।
पूर्वी कङ्गोमा शान्ति स्थापनार्थ १२ हजारभन्दा धेरै शान्ति सेना तैनाथ छन् । त्यस क्षेत्रमा एक सयभन्दा बढी सशस्त्र समूह सक्रिय रहेको राष्ट्रसङ्घले जनाएको छ । दक्षिण अफ्रीकी अधिकारीहरूले पीडितलाई सहयोग गर्नेे तथा शान्ति स्थापना मिसन कार्यमा राष्ट्रसङ्घको मानकलाई कायम राखिने प्रतिबद्धता जनाएका छन् ।