नेकपा मकवानपुरको स्थानीय तहका अध्यक्ष र सचिवको सपथ

हेटौंडा । नेकपा मकवानपुरको दशवटै स्थानीय तहका अध्यक्ष तथा सचिवहरुलाई आज हेटौंडामा सपथ खुवाइएको छ । दश वटा स्थानीय तहका २० जनालाई आज नेकपाका प्रदेश नम्बर ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले सपथ खुवाउनुभएको हो । पार्टीको जिल्ला कार्यालय टिम सहितको आज विहानको कर्यक्रममा सपथ खुवाइएको नेकपा मकवानपुरको कार्यालय टिमका सदस्य एकालाल श्रेष्ठले बताउनुभयो ।
स्थानीय तहमा अध्यक्ष र सचिव चुनीएसंगै एक महिना भित्रमा स्थानीय तह कमिटी गठन गर्ने, वडा कमिटीहरु ग्ठन गर्ने, पार्टी सदस्यता वितरण गर्ने लगायतका काम गर्नेगरी कार्यक्रमबाट निर्देशन दिइएको श्रेष्ठले बताउनुभयो । स्थानीय तहमा पार्टीलाई अव ससक्त ढंगले अगाढी वढाउनका लागि पनि आजै निर्देशन दिइएको छ । पार्टी एकताको प्रक्रियाका कारण स्थानीय तह र वडा कमिटी सुस्त भईरहेको समयमा अव कमिटी चयन संगै पार्टीको काम तिबै रुपमा अगाढी बढ्ने श्रेष्ठले बताउनुभयो ।
नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मकवानपुरका सह इन्चार्ज कुमारी मोक्तान, राम्श्वर राना लगायतकाको सहभागिता रहेको थियो । पार्टी सचिव प्रेमबहादुर पुलामीले सञ्चालन गर्नुभएको कार्यक्रममा पार्टीका कार्यालय टिमका सदस्यहरु, सचिवालय सदस्यहरु लगायतकाको सहभागिता रहेको थियो । बिशेषगरी अहिले मकवानपुरमा नेकपामा गठन भएको हाइकमाण्ड समाल्ने काम कार्यालय टिमले गर्ने छ ।