हेटौंडाका बैकहरुले सर्बसाधरणका लागि नयाँ नोट साट्न अझै सुरु गरेनन्

हेटौंडा । हेटौंडाका सरकारी तथा निजी बैकहरुले सर्बसाधरणका लागि नयाँ नोट साट्नका लागि अझै सुरु गरेका छैनन् । सर्बसाधरणका लागि वितरणका लागि नयाँ नोट नआएको भन्दै साट्न सुरु नगरेका हुन् ।
हेटौंडाको नेपाल बैक, राष्ट्रिय बाणिज्य बैक, लगायतका बैकहरुले पनि नयाँ नोट वितरणको काम सुरु गरेका छैनन् । नयाँ नोट माग गर्ने सर्बसाधरणहरुको लर्को छ । तर, नयाँ नोट साट्न अझै सुरु नगरेका हुन् । नेपाल बैक, राष्ट्रिय बाणिज्य बैकहरुले आफ्ना आसेपासे, नजिकका कर्मचारी लगायतलाई केही दिनपछी वितरण गर्ने तयारी गरेका छन् । तर, सर्बसाधरणका लागि काउन्टर खुलाएर वितरणको तयारी अहिले सम्म देखिएको छैन ।
हेटौंडाका निजी क्षेत्रका बैकहरुले पनि नयाँ नोट ल्याउने आफ्ना कर्मचारी, कर्मचारीका आफन्त, साथीभाइलाई वितरण गर्ने गरेका छन् । तर, आफ्ना ग्राहकहरुका लागि सधै वेवास्ता गर्दै आएका छन् ।
दशैँ, तिहार र छठको लागि नेपाल राष्ट्र बैङ्कले भने आजदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । काठमाण्डौ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्न सकिनेछ ।
यस्तै, काठमाण्डौ उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गइ नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।
राष्ट्र बैङ्कले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था छ । एक जनालाई १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।