अस्मिताको बयान सकियो, लामिछाने र कँडेलको बयान आज

जनपत्र
९ भाद्र २०७६, सोमबार ०६:२९

पत्रकार शालिकराम पुडासैनीकाे आत्महत्या दुरुत्साहन कसुरको मुद्दामा अस्मिता कार्कीको बयान लिएर सकिएको छ । बाँकी रहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलको भने आज सोमबार बिहान १० बजेबाट बयान लिन सुरु गरिने चितवन प्रहरीले जनाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गरेर आइतबार बयान लिन सुरु गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*