जडीबुटीमा अरनिको यातायातले बनाएको बसपार्क आजदेखि सञ्चालनमा आयाे

जनपत्र
२८ आश्विन २०८०, आईतवार १६:४०

काठमाण्डाै – पूर्वअरनिको यातायात प्रालीले काठमाण्डाैकाे जडीबुटीमा निर्माण गरेको बसपार्क आज आइतवारदेखि सञ्चालनमा आएको छ ।

पूर्वअरनिको यातायात प्रालीले आफ्नै लगानीमा बनाएको बसपार्क काठमाण्डाै महानगरले भत्काउन खोजेपछि उच्च अदालत पाटनले कुनै अवरोध नगर्न अन्तरिम आदेश दिएपछि आजदेखि सञ्चालनमा आएको हो ।

जडीबुटीमा विभिन्न व्यक्तिको नाममा रहेको १४ रोपनी जग्गा भाडामा लिएर अरनिको बसपार्क प्राली दर्ता गरेर पूर्वअरनिको यातयात प्रालीले झन्डै १० करोड रुपैयाँको लगानीमा बसपार्क बनाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*