मोबाइलको लत र जंकफुडले निम्त्याउन सक्छ बालबालिकामा गम्भीर स्वास्थ्य समस्या

जनपत्र
२८ आश्विन २०८०, आईतवार १६:३४

खराब जीवनशैलीले धेरै रोगको जोखिम बढाउँछ । खराब जीवनशैलीले आजभोलि वृद्धवृद्धा मात्र होइन, युवाहरू विभिन्न प्रकारको रोगको सिकार भइरहेका छन् । ठूला व्यक्ति मात्र होइन, साना बच्चाहरू पनि गलत जीवनशैली र खानपानका कारण धेरै रोगबाट ग्रसित छन् ।

पछिल्लो समय बालबालिका वयस्कहरूको तुलनामा रोगको बढी जोखिममा छन्, किनभने बालबालिकाहरू घरको भन्दा बाहिरको खाना रुचाउँछन्, बाहिर खेल्न जान भन्दा मोबाइलमा गेम खेल्न रुचाउँछन् । यदि आमाबाबुले आफ्ना बच्चाहरूको जीवनशैली र खानपानमा ध्यान दिएनन् भने भविष्यमा बच्चाहरूले धेरै स्वास्थ्य समस्या सामना गर्नुपर्ने हुन सक्छ ।

खराब जीवनशैली र खानपानले ल्याउन सक्छ यस्ता स्वास्थ्य समस्या

बाहिरको जंकफुड, प्याकेटफुड जस्ता खानाले बालबालिकामा पोषणको कमी भएर कुपोषण हुन सक्छ । कृत्रिम रंग, चिनी, चिल्लो पदार्थ, सोडियम आदि मिसाइएको हुन्छ, जसले मोटोपन बढ्ने समस्या हुन्छ । चिसो आइसक्रिम जुसहरू खाएर टन्सिल हुने जस्ता तत्कालीन समस्या देखिन्छ ।

बालबालिकालाई बाहिर खेल्न पठाउँ

अहिलेका बालबालिका मोबाइल, ट्याब्लोइड, ल्यापटपमा बढी समय बिताउन थालेका छन् । बुवाआमाको लागि पनि यो राम्रो बहाना भएको छ, छोराछोरी फकाउने । तर बच्चालाई बढी भन्दा बढी आउटडोर गेम अर्थात् घरबाहिरको खेलमा प्रेरित गर्नुपर्छ, जहाँ उनीहरूको शरीर चलायमान हुन्छ । यसले शारीरिक गतिविधि बढ्छ । समग्र स्वास्थ्यमा राम्रो प्रतिफल मिल्छ ।

बच्चाको मानसिक विकासको लागि शारीरिक तन्दुरुस्ती आवश्यक हुन्छ । शरीर बलियो, निरोगी, तन्दुरुस्त छ भने उनीहरूले सुनेको, देखेको कुरालाई सजिलै ग्रहण गर्न सक्छन् ।

बौद्धिक विकासको लागि पनि शारीरिक तन्दुरुस्ती महत्त्वपूर्ण हुन्छ । त्यसैले शारीरिक तन्दुरुस्तीका लागि व्यायाम अनिवार्य हुन्छ । यदि बच्चा बाहिरी खेलमा अभ्यस्त छन् भने उनीहरूको शारीरिक व्यायाम हुन्छ । उनीहरू साथीसँग खेल्छन्, दौडिन्छन् र उफ्रिन्छन् । यसले शारीरिक व्यायाम राम्ररी हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*