तीन महिनामा मनाङ एयरको हेलिकोप्टर दुईपटक दुर्घटना, क्यानले गर्‍यो निलम्बन

जनपत्र
२७ आश्विन २०८०, शनिबार १५:४९

मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट निलम्बन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले शनिबार एक सूचना जारी गर्दै निलम्बन गरिएको बताएको छ । यो निलम्बन अर्को सूचना जारी नहुँदासम्म लागू हुनेछ ।

तीन महिनाभित्र दुईपटक हेलिकोप्टर दुर्घटनमा परेपछि क्याले निलम्बन गर्नुपरेको बताएको छ । शनिबार सो कम्पीको ९ एन–एएनजे कलसाइनको हेलिकप्टर ओखलढुंगाबाट सोलुखुम्बु जाँदै गर्दा लोबुचेमा दुर्घटनामा परेको थियो । हेलिकोप्टर दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि पाइलट पीके सेढाइँ घाइते भएका थिए ।

यसअघि मनाङ एयरको नाइन एन एएमभी कलसाइनको हेलिकप्टर २६ असारमा पनि दुर्घटनामा परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*