कोशीमा सहमतिकै सरकार बनाऔं : माधव नेपाल

धनगढी । पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी )का अध्यक्ष माधवकुमार नेपालले कोशीमा एमालेसहितको सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।
नेपालले केन्द्रीय गठबन्धनअनुसार सरकार बनोस् भन्ने चाहाना भए पनि जटिल परिस्थितिका कारण सहमतिकै सरकार बनाउनुपर्नेमा बताएका हुन् । ‘माथि गठबन्धन सरकार छ कोशीमा पनि त्यही अनुसार होस् । सहमतिकै सरकार बनाउ आलोपालो गरेर एमाले माइनस गर्ने होइन,’ समाजवादी प्रेस संगठनले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलन उनले भने, ‘त्यहाँ जटिलता छ । बहुमत पुर्याउन सकिने अवस्था छैन । सामान्य अवस्था होइन सहमतिकै सरकार बनाऔं ।’