सहकारी संस्थाले महिलाहरुका लागि स्वरोजगार बनाउँदैछ–सांसद पाठक

जनपत्र
२६ आश्विन २०८०, शुक्रबार ०७:५५

हेटौंडा । बागमती प्रदेशसभाका सदस्य भारती पाठकले सहकारी संस्थाले महिलाहरुका लागि स्वरोजगार बनाउँदै लगेको बताउनु भएको छ । मकवानपुरगढीको साना किसान कृषी सहकारी संस्था लिमिटेडको १२ औं साधारणसभाको उद्घाटन् गर्दै उहाँले सहकारि अभियानले विशेषत महिला दिदी बहिनीहरुलाई स्वरोजगार भैइ आफ्नो जीवन अगाडि बढाउन मद्दत पुगेको बताउनुभयो ।

विभिन्न किसिमको जागीरको सट्टा आ आफ्नो सीप र क्षमता प्रयोग गरेर अगाडी बढ्न उहाँले हौसला प्रदान गर्दै भन्नुभयो–‘स्थानीय साधन र स्रोतको प्रयोग गर्ने किसिमको योजना निर्माण गर्नुपर्छ जसले गर्दा हामिलाई विभिन्न उधोगको ब्यबसायी बन्न सहयोग गर्द्छ। हामी सङ भएको थाकल, मकैको खोस्टा ,केराको सुप्लो, पराल, आदिको प्रयोग गरि विभिन्न सामनहरु उत्पादन गरि व्यावसायिक बन्न र बनाउन मद्दत गर्ने र गर्नको लागि तयार हुनुस अगाडि बढनको लागि सहयोग गर्ने प्रतिबद्धता गर्द्छु ।’

सहकारीका अध्यक्ष धन कुमारी खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका पूर्व अध्यक्ष बिदुर हुमागाई, गढी–५ का पूर्व वडा अध्यक्ष जित बहादुर घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*