भारतीय प्रधानमन्त्री मोदी कालापानी क्षेत्रमा, नेपाललाई छैन जानकारी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्र भ्रमणमा आएका छन् । उनी हेलिकोप्टर चढेर आज बिहान कालापानी क्षेत्रमा आएका हुन् ।
उनले आदिकैलाश र पार्वतीकुण्डको दर्शन गर्ने कार्यक्रम छ । साथै भारतको पिथौरागढका साथै गुन्जीका स्थानीय बासिन्दासँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि तय भएको छ । उनले भ्रमण गर्ने क्षेत्र नेपालसँगको सीमा क्षेत्रमा पर्दछ ।
भारतीय पक्षले नेपाललाई यसको जानकारी भने नगराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् । ‘मोदीको भ्रमणबारे भारतीय पक्षबाट औपचारिक पत्र प्राप्त नभएकाले धेरै जानकारी त छैन तर अनौपचारिक रुपमा सूचना लिएका छौं ।’