सिद्धार्थ बैंकले ४.२१ प्रतिशत लाभांश दिने

जनपत्र
२५ आश्विन २०८०, बिहीबार ११:१०

काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीलाई ४.२१ प्रतिशत नगद लाभांश दिने भएको छ ।

२४ असोज बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयर धनीलाई लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत उक्त लाभांश प्रस्ताव गरेको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वाषिर्क साधारणसभाबाट पारित भएपछि सेयर धनीमा वितरण हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*