विश्व कप क्रिकेटमा आज घरेलु टोली भारत र अफगानिस्तान खेल्दै

जनपत्र
२४ आश्विन २०८०, बुधबार १०:४५

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज घरेलु टोली भारत र अफगानिस्तान खेल्दैछन् । यो खेल दिल्लीमा नेपाली समयअनुसार दिउँसो सवा दुई बजे शुरु हुनेछ ।

भारतले पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो भने अफगानिस्तान बङ्लादेशसँग ६ विकेटले पराजित भएको थियो । भारतले तेस्रो खेल शनिवार पाकिस्तानसँग खेल्नेछ । हिजो भएको खेलमा पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले हरायो ।

पाकिस्तानको लगातार यो दोस्रो जित हो । पहिलो खेलमा उसले नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो । त्यस्तै, हिजो नै भएको अर्को खेलमा इङ्ल्यान्डले बङ्लादेशलाई एक सय ३७ रनले हराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*