मधेशको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार आवश्यक : भट्टराई

जनपत्र
२३ आश्विन २०८०, मंगलवार १०:११

जनकपुरधाम । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेशको स्वाभिमान र समृद्धिका लागि नेकपा एमालेको सरकार चाहिने बताएका छन् । एमाले अब त्यही लक्ष्यका साथ क्रियाशील हुने उनले बताए ।

मधेश प्रदेश अधिवेशनका लागि आज जनकपुरधाम पुगेका भट्टराईले पत्रकार सम्मेलनमा सामाजिक विभेद, बेरुजु र भ्रष्टाचार सबैभन्दा धेरै मधेश प्रदेशमा भएको बताउँदै एमालेको मुख्य काम सुशासन र सामाजिक न्याय भएको बताए ।

‘मधेशको अहिलेको मुख्य कार्यभार सुशासन र सामाजिक न्याय हो,’ भट्टराईले भने, ‘त्यसको निम्ति मधेशको स्वाभिमानलाई सगरमाथाको शीरमा उठाउनु छ अनि मधेशको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार आवश्यक छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*