विवाहित महिलाले किन लगाउँछन् मंगलसूत्र ?

जनपत्र
२३ आश्विन २०८०, मंगलवार ०६:२८

विवाहित महिलाले मंगलसूत्र या सानो पोते लगाएको तपाईँले अवश्य देख्नु भएको होला १ विवाहित महिलाले किन लगाउँछन् त मंगलसूत्र भन्ने बारेमा आज हामी चर्चा गर्ने छौँ ।

मंगलसूत्र वा पोतेलाई विवाहित महिलाको सम्पत्तिको रूपमा लिने गरिन्छ । मंगलसूत्र, पोते लगाउनु फेसन र धार्मिक परम्परा भन्दा पनि वैज्ञानिक कारण पनि जोडिएको छ ।

धार्मिक मान्यता अनुसार मंगलसूत्र लगाउँदा वा सानो पोतेको डोरो अनिवार्य रूपमा लगाउँदा पतिको आयु लामो विश्वास गरिन्छ ।

पोते र सिन्दुरलाई महिलाको सौभाग्यका रूपमा पनि राखिएको छ । तसर्थ हरेक महिलाले गलामा पोते, मंगलसूत्र र सिउँदोमा सिन्दुर लगाउने गर्दछन् ।

मंगलसूत्र लगाउनुको वैज्ञानिक कारण पनि रहेको छ । यो लगाउँदा शरीरको रक्तचाप नियमित हुनुका साथै नियन्त्रित पनि हुने गर्दछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*