प्रदेशको नाम र राजधानी टुङ्गो लगाउनुपर्ने देखि बाढी, पहिरो र रवि लामिछाने सम्मका कुरा

हेटौंडा । प्रदेश नम्बर ३ को आजको प्रदेशसभा बैठकमा सांसदहरुले बिशेष समयमा राजधानी, नाकाकरण, बाढी, पहिरो पीडितका कुरा देखि रवि लामिछाने सम्मको कुरा राख्न भ्याएका छन् ।
दुई महिनापछी आजबाट सुरु भएको प्रदेशसभा बैठकमा काग्रेश सांसद निमा लामाले प्रदेश सभा गठन भएको १८ महिना सम्म बितिसक्दा पनि प्रदेश राजधानी र नामाकरण गर्न नसकिएकोमा आपत्ति जनाउनुभयो । यतीका समय बित्दा पनि राजधानी र नामाकरण गर्न नसक्नुको कारण समेत माग गर्नुभयो ।
यसैगरी उहाँले मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेशका मन्त्रीले सार्वजनिक रुपमा बोलेका कुरा कार्यान्वयनमा नआएको उहाँले वताउनुभयो । बोल्दै हिड्ने तर, कार्यान्वयन भने नगरेकोमा मुख्यमन्त्री र मन्त्रीहरुको ध्यानाकर्षण गराउनुभयो । प्रदेश सभाका सदस्य केशवराज पाण्डेले पत्रकार शालिकराम पुणासैनीको आत्म हत्या प्रकरणमा निस्पक्ष रुपमा छानविन हुनुपर्ने बताउनुभयो । पत्रकार रवि लामिछानेले प्रति लक्षित गर्दै उहाँले भन्नुभयो–‘पत्रकारजे बोलेपनि हुने, जे लेख्न पनि पाउने ? आत्महत्या प्रकरणमा निस्पक्ष छानविन हुनुपर्छ ।’
बैठकमा सहभागि भएर बिशेष समयमा बोलेका अधिकांश सांसदहरुले बाढी, पहिरो पीडितका लागि राहत उपलब्ध गराउनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । आफ्ना क्षेत्रमा भएको बाढी, पहिरोको पीडा पनि सांसदहरुले सुनाएका छन् । सांसद बालकुमारी मल्ल, सरस्वती वस्नेत, बिशाल खड्का लगायतका सांसदले बैठकमा बाढी, पहिरोको समस्याका बिषयमा आफ्ना कुरा राखेका थिए ।