खैरहनी नगरपालिकाले गर्यो बजार अनुगमन

जनपत्र
२१ आश्विन २०८०, आईतवार १८:११

चितवन । खैरहनी नगरपालिकाले पर्सा बजारको विभिन्न खाद्य पसल तथा स्टोरहरूको अनुगमन गरेको छ ।
चाडपर्व नजिकिदैं आएको सन्दर्भमा खैरहनी नगरपालिकाले पर्सा बजार क्षेत्रभित्र रहेका बिभिन्न पसल तथा व्यवसायको अनुगमन गरेको हो ।

पर्साको मुख्य बजार क्षेत्र भित्र रहेका १४ वटा मुख्य किराना पसल र डिपार्टमेन्ट स्टोरमा खाद्य सामाग्रीको अनुमगन गरिएको खैरहनी नगरपालिका उपमेयर कविता उप्रेतीलेबताउनु भयो ।

अनुगमनका क्रममा व्यवसाय दर्ता नवीकरण, मूल्यसूची, नापतौल, खाद्यवस्तु उत्पादनको मिति, म्याद समाप्त मिति, खरिद बिल र बिक्रि विलको
निरीक्षण गरिएको र अनुगमनको सिलसिला जारी रहने नगरप्रमुख शशी कुमार खनियाले बताउनु भएको छ ।

अनुगमनको क्रममा विभिन्न पसलमा म्याद नागेका चिप्स,तेल,जुस समेतका खाद्य सामाग्री लगायतका सामाग्रीहरु फेला परेका थिए । फेला परेका म्याद नागेका खाद्य सामग्रीहरु जफत गरी नष्ट गरिएको छ । अनुगमनको क्रममा देखिएका कमजोरी तत्काल सुधार गर्न निर्देशन दिइएको नगरपालिकाले जनाएको छ ।

खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनियाले चाडपर्वको मुखमा मात्रै नभएर उपभोक्ताको हितसँग जोडिएका सबै क्षेत्रमा अनुगमनको सिलसिला निरन्तर रहने बताउनु भएको छ । नगर उप प्रमुख कविता उप्रेतीको संयोजकत्वमा भएको बजार अनुगमनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी, वडाध्यक्ष सहितको जनप्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधी, नेपाल प्रहरी र खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय चितवनका प्रतिनिधिको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*