एमाले सुदूरपश्चिममा अध्यक्ष पदमा तीन आकांक्षी

जनपत्र
२१ आश्विन २०८०, आईतवार १५:३२

धनगढी । आजबाट शुरु भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा तीन जनाले अध्यक्ष पदमा दाबेदारका रुपमा प्रस्तुत गरेका छन् । अहिलेका प्रदेश उपाध्यक्ष कमल तिमिल्सिना, सचिवालय सदस्यहरु कृष्णप्रसाद जैशी र वचनबहादुर सिंहले अध्यक्ष पदमा दाबी गरेका हुन् ।

यी तीनै जनाले अधिवेशनका लागि धनगढी आइपुगेका प्रतिनिधिहरुसँग भेटघाट बढाएका छन् । तिम्सिनाले आफू अध्यक्ष पदको स्वभाविक उम्मेदवार भएको बताएका छन् । ‘म २०४४ सालदेखि पार्टीमा काम गर्दै आएको छु । प्रदेशमा पार्टीले भोगिरहेका समस्याबारे जानकार छु’ तिमिल्सिनाले भने, ‘यो क्षेत्रभित्र रहेका नयाँ पुरानो सबै नेताको मन जितेर पार्टीलाई एकताबद्ध र सबल बनाउन सक्छु भन्ने दृढ विश्वास छ ।’ उनले आफ्नो नेतृत्वको प्रदेश कमिटीले आगामी चुनावमा एमालेलाई प्रदेशमा पहिलो शक्ति बनाउने बताए ।

२०४४ सालदेखि विद्यार्थी राजनीतिमा लागेका तिमिल्सिनाले लामो समय अछामको पार्टी राजनीति गरेका छन् । उनी जिल्ला सदस्य, सचिवालय सदस्य, प्रचार विभाग प्रमुख हुँदै जिल्ला अध्यक्ष बनेका थिए ।

अध्यक्ष पदका अर्का आकांक्षी जैशी पनि बलियो र सुदृढ पार्टी बनाउन आफ्नो उम्मेदवारी रहेको बताउँछन् । ‘हामीले जबजको ३० वर्ष अभ्यास गरेका छौँ । यसलाई जनताबाट निर्वाचित बलियो पार्टी बनाउनुपर्छ भनेर मेरो उम्मेदवारी हो,’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*