हेटौंडा–१८ मा आँचल साहित्य कला पुञ्जको रचनावाचन कार्यक्रम

हेटौंडा । आँचल साहित्य कला पुञ्जको रचनावाचन कार्यक्रम ज्योति माध्यमिक विद्यालय हेटौंडा १८, हर्नामाडीमा सम्पन्न भएको छ । आँचलकी अध्यक्ष भावना सापकोटाको अध्यक्षता तथा ज्योती माविका विव्यस अध्यक्ष हर्कबहादुर रम्तेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
मुक्तक कसरी लेख्न सकिन्छ भन्ने विषयमा साहित्य संगम मकवानपुर तथा मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबि बतौलाले प्रशिक्षणात्मक कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कुमार महत, अनिष मङ्ग्रान्ती, लालचन्द्र प्रजा, पवित्रा घलान, राधा बिक, अनु रोक्का, स्वस्तिका दाहाल, रजनी पौडेल, निर्मला व्लोन, निरा शर्मा , सानुभाइ विश्वकर्मा , लगायतले रचनावाचन गर्नुभएको कार्यक्रममा सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, युग दर्पण साहित्य समाज हर्नामाडीका अध्यक्ष ओमभक्त भण्डारीले मन्व्यसहित रचना वाचन गर्नुभएको थियो ।
आँचलले आगमी दिनहरूमा पनि यस्तै गाउँ केन्द्रित तथा विधागत प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने संस्थाकि सचिव सविता तिमल्सिनाले बताउनुभयो ।