अनाैठाे गाउँ जहाँका मानिसहरु हिड्दा-हिड्दै निदाउँछन् !

जनपत्र
२१ आश्विन २०८०, आईतवार ०६:१८

व्यस्त जीवनशैलीका कारण उचित आराम नपाएर निद्रा लाग्नु स्वभाविक हो । तर विश्वमा यस्तो ठाउँ पनि छन् । जहाँका मानिसहरू जतिबेलै र जहाँ पनि निदाइदिन्छन् । काजकिस्तानको कलाची गाउँका मानिसहरू बोल्दा बोल्दै र हिँड्दा हिँड्दै पनि निदाउँछन् । यहाँका मानिसहरुको निद्रा रहस्यमय बनेको छ ।

कहिलेकाहीँ त मानिसहरू महिनौंसम्म पनि सुतिरहन्छन् । सुतेर जागा हुँदा त्यसअघिका सबै कुरा भुलेका हुन्छन् र अनौठा हर्कत गर्दछन् । यो गाउँको अनौठो निन्द्रा पहिलोपटक सन् २०१० मा सार्वजनिक भएको थियो ।

केही बालबालिकाहरू विद्यालयमा अचानक सुत्न थालेका थिए । त्यसपछि गाउँका अरू मानिसमा पनि एक्कासी निन्द्रा आउने रोग देखा पर्न थाल्यो । मानिसहरू अनायासै निदाउने त्यो समस्या बढ्दै गयो । त्यसयता यो अनौठो रोगका बारेमा उक्त गाउँमा कैयन् शोधकर्ताहरूले खोज अनुसन्धान गरिरहेका छन् ।

त्यहाँको युरेनियम खानीका कारण अस्वभाविक निन्द्राको समस्या आएको विश्वास गरिएको छ । युरेनियम खानीबाट निस्कने विकिरण तथा विषाक्त ग्यासका कारण स्थानीय मानिसहरूको स्वास्थ्यमा गम्भीर असर परिरहेको र मानिसहरूमा अचानक बेहोस हुने समस्यासमेत आएको बताइन्छ । उक्त समस्याका कारण गाउँबाट मानिसहरू पलायन हुने क्रम समेत बढेको छ ।

— एजेन्सीकाे सहयाेगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*