हेटौंडामा नेल्टा बागमती प्रदेशको दोश्रो अधिवेशन

जनपत्र
२० आश्विन २०८०, शनिबार १९:११

हेटौंडा । नेल्टा बागमती प्रदेशको दोश्रो अधिवेशन आज हेटौंडामा सम्पन्न भएको छ । नेल्टा बागमतीका अध्यक्ष गणेशप्रसाद हुमागाईको सभाध्यक्षता तथा बागमती प्रदेश सरकारका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा बिशेष अतिथि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान र नेल्टाका केन्द्रीय अध्यक्ष मोतिकला सुब्बा देवान रहनुभएको थियो । कार्यक्रममा नेल्टाका केन्द्रीय कोषाध्यक्ष अशोक सापकोटा, अमेरीकी दुतावासका प्रतिनिधि रोजर एफ. कोहेन तथा बिश्व गौतमलगायतका रहनुभएको थियो ।

कार्यक्रममा नेल्टाका केन्द्रीय अध्यक्ष मोतिकला सुब्बा देवान, कोषाध्यक्ष अशोक सापकोटा, अमेरीकी दुतावासका प्रतिनिधि रोजर एफ. कोहेन र बिश्व गौतमले अंग्रेजी भाषा शिक्षण सिकाईसंग सम्बन्धित प्रस्तुतीकरण दिनुभएको थियो ।

अधिवेशनले रामेश्वर ठाकुरको अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्यसमिति गठन गरेको छ । प्रदेशको बरिष्ठ उपाध्यक्षमा किशोर पराजुली, उपाध्यक्षमा यूवराज सुबेदी, महासचिवमा संगम चौलागाई, सचिवमा बिरबल लामा, कोषाध्यक्षमा बेगबहादुर थापा, निवर्तमान अध्यक्षः गणेशप्रसाद हुमागाई सदस्यहरुमा सदस्यहरुमा श्रृजना पौडेल, गणेशबहादुर थापा, शान्ति अधिकारी, नानिबाबु घिमिरे, उत्तम अर्याल, दीपक सिटौला, श्रीकृष्ण कडेल, दीपक खड्का चयन हुनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*