मकवानपुरमा कन्टेनर गाडी दुर्घटनाहँदा श्रेष्ठको घटनास्थलमै मृत्यु

जनपत्र
२० आश्विन २०८०, शनिबार १८:५७

हेटौंडा – मकवानपुरको थाहा नगरपालिका वडा नं.१ कुन्छालमा शनिबार विहान कन्टेनर गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कन्टेनर चालक नुवाकोट बेलकोट नगरपालिका वडा नं. ५ बस्ने ४२ बर्षीय दिप श्रेष्ठ रहेका छन् ।

त्रिभुवनराजपथ हुँदै हेटौंडातर्फबाट काठमाडौंतर्फ जाँदै गरेको जाँदै ना.६ ख ३९८७ नम्बरको कन्टेनर गाडी मोडमा आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

कन्टेनर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको उनले बताए ।  प्रहरीका अनुसार कन्टेनर घट्नास्थलमा रहेको छ । घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*