एमाले उपत्यका विशेष कमिटीको अध्यक्षमा पराजुली र रिजालको उम्मेदवारी

काठमाडौं । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन् ।
वर्तमान अध्यक्ष प्रेमकुमार पराजुली र चन्द्र रिजालले उम्मेदवारी दर्ता गराएका हुन् ।
सुजाता शाक्य लगायतका नेताहरुको जोडबलमा पराजुलीलाई दोहोर्याएर अध्यक्षमा अघि सारिएको हो ।
पार्टी केन्द्रीय सदस्य तथा उपत्यका विशष प्रदेश कमिटीको उपसचिव रहेका रिजालले पनि अध्यक्षले उम्मेदवारी दिएका छन् ।