एसियाली खेलकुदको करातेमा एरिका फाइनलमा, रजत पदक पक्का

हान्झाउ । चीनको हान्झाउमा चलिरहेको एसियाली खेलकुदको कराँतेमा एरिका गुरूङ फाइनलमा पुगेकी छिन् ।
६८ केजी तौल समूहमा सेमिफाइनलमा हङकङकी यान काई होलाई ८-४ ले हराउँदै उनी फाइनलमा पुगेकी हुन् ।
एरिकाले फाइनल पुगे लगत्तै रजत पदक पक्का गरेकी छिन् र अब स्वर्ण पदकका लागि काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग आज शनिबार नै खेल्ने छिन् ।
उनले क्वार्टरफाइनलमा जापानकी खेलाडी एजुकी सबाइलाई सेन्सुको आधारमा हराएकी थिइन् । दुवैको समान १-१ अंक भए पनि पहिलो अंक पाएको आधारमा एरिका सेमिफाइनलमा पुगेकी थिइन् ।