प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

जनपत्र
२० आश्विन २०८०, शनिबार १३:४१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

भेटमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ ।

भेटका क्रममा संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलगायत समसामयिक राजनीतिका बारेमा छलफल भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*