मकवानपुरमा हराउँदै चङ्गा चेट

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका र अरु दश वटै स्थानीय तहमा पहिले चङ्गा निकै उढाइन्थ्यो । बालबालिका, युवाहरु चङ्गा निकै उढाउने गरेका थिए । तर, अहिले मोवाइलमा व्यस्त भएकाले पनि चङ्गा उढाउन त्यती चासो दिएको देखिदैन । घरका छत वा अग्लो स्थानबाट चङ्गा उढाइन्थ्यो । तर, अहिले भने चङ्गा त्यती उढाएको देख्न पाइएको छैन ।
नेपाली शब्दकोशमा चङ्गा, नेवारीमा भुटुमाली र हिन्दीमा पतङ्ग भनिने कागज, कपडा र प्लास्टिकको चारकुने टुक्रामा ठाडो बाँसको सिन्का र धागो घुसारेर उडाइने खेलौना हो । किंवदन्ती अनुसार, असारको खेतीपछि भदौसम्म पानी पर्ने भएकाले अब पानी पुग्यो र धान पाक्ने बेला भयो भन्नका लागि चंङ्गा उडाएर इन्द्रदेवलाई सन्देश पठाएको भन्ने जनविश्वास छ ।
दसैँ आउन केही अघि देखिनै चङ्गा उडाइँदै आएको पाइन्छ । चीनलाई चङ्गाको आविष्कारक मानिन्छ । चीनमा आविष्कारसँगै एसियाका देशहरुमा लोकप्रियता बढेको पाइन्छ । सबै देशहरूले आफ्नो चाड या खुसीयाली साट्नका लागि उडाउँदै आएका छन् । नेपालमा पनि धार्मिक सँगै मनोरञ्जन र हर्ष उल्लासको बेलामा चङ्गा उडाइने गरिन्छ । चङ्गामा मुख्य गरी चङ्गा, लट्टाइ र धागोको मुख्य आवश्यकता हुन्छ ।
नेपाली बजारमा चङ्गा भारतबाटै आउने गर्छ । पछिल्लो समय यता लट्टाइ भने नेपालमै बनाउने गरिन्छ । नेपाली लट्टाइ कम उत्पादन हुने भएकाले बजारमा पुर्याउन नसकिरहेको व्यापारीहरू बताउँछन् । हेटौंडाका स्याम सापकोटा सानै उमेरदेखि चङ्गा उडाउन मन पराउँथे । तर, अहिले चङ्गा त्यती उढाउन उत्साहनै हराएको बताउँछन् । हिजोआज नेपालीको चङ्गा प्रतिको मोह घटेको देखेर यहाँका व्यापारीहरु पनि निराश छन् ।
युवाहरू विदेश पलायन भएको कारणले चङ्गा प्रति मोह घटेको छ । संरक्षण गर्नु पर्ने आवश्यकता भइसकेको उनले बताए । भदौको पहिलो हप्तादेखि स्टेशनरी उपहार पसलहरूले फाट्टफुट्ट लिन आउने गर्छन् । तर अहिले व्यापार पहिलेका वर्ष जस्तो नभएको व्यापारीहरु बताउँछन् । मुख्यता नेपाली बजारमा चङ्गा १० रुपैयाँ देखि एक हजारसम्म पर्छ । त्यस्तै लट्टाइ ४० रुपैयाँदेखि तीन हजारसम्म पर्छ ।
नेपाली बजारमा चङ्गा पूर्ण रूपमा भारतबाट आउने गर्छ । चङ्गा उडाउनका लागि त्यही अनुसारको मौसम अनुकूल हुनपर्छ । घाम लागेको दिन र हावाको वेग राम्रो भएमा मात्र चङ्गा उडाउन सकिन्छ । नेपालमा मुख्य गरी दशैको समयमा घरको कौसीमा बसेर उडाइने गरिन्छ ।