बस चढेर ३० किलोमिटरसम्म बाँदर सरर…(भिडियोसहित)

सामान्यतया जङ्गलमा आफ्नै झुण्डमा रमाउने बाँदर सार्वजनिक बस चढेर ३० किलोमिटरको यात्रा गर्यो भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । चकचके स्वभावका कारण पनि बाँदरले एउटै बसमा यतिलामो यात्रा गरेको कुरा पत्याउन कठिन हुन्छ ।
तर, भारतको कर्नाटक राज्यमा एउटा बाँदरले ३० किलोमिटर लामो यात्रा बसमा चढेर गरेको छ । त्यो पनि अन्य यात्रुसरह उसले सीटमै बसेर यात्रा गरेको हो ।
उक्त बाँदरको यात्रालाई सो बाँदरको यात्रालाई गणेश नुलागेरी नाम गरेका यात्रीले भिडियोमा समेटेका हुन् । उनले सामाजिक सञ्जालमा राखेपछि अहिले उक्त भिडियो भाइरल भएको छ ।
भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार उक्त बाँदरले हावेरी बस स्ट्याण्डबाट आफ्नो यात्रा सुरु गरेको थियो । झण्डै ३० किलोमिटरको यात्रापछि सो बाँदर हमसभावी गाउँमा पुगेर बसबाट उत्रिएको बताइएको छ ।
भिडियोमा उक्त बाँदर कहिले झ्यालमा बसेर बाहिरको दृश्य हेरिरहेको तथा कहिले सीटमा बसेको देख्न सकिन्छ । बसमा उक्त बाँदरका लागि दुई वटा सीट खाली छाडिएको थियो । बसमा यात्री भने खचाखच थिए । केही यात्री उभिएर समेत यात्रा गरिरहेको उक्त भिडियोमा देखिन्छ ।