घाेडाबाट लडेर घाइते भएका रावतकाे नेपाल एअरलाइन्सले उद्धार गर्याे

जुम्ला – घोडाबाट लडेर गम्भीर घाइते भएका जुम्लाकाे पातारासी गाउँपालिका–४ का दीपबहादुर रावतको नेपाल एअरलाइन्सले उद्धार गरेको छ ।
घाेडबाट लडेर उहाँँको टाउकोमा गम्भीर चोट लागेकाले गएकाे छ दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो । प्रतिष्ठानमा सिटी स्क्यान मेशिन बिग्रँदा चिकित्सकले अन्यत्रै लैजान भनेका थिए । तर मौसम खराबीले जहाज आउन नसक्दा दुर्घटनामा परेका रावतको उद्धार हुन सकिरहेको थिएन । रावत गएकाे बिहीवार पातारासी–४ कै लुम पुल नजिक घोडाबाट लडेर गम्भीर घाइते हुनुभएको थियो ।
आज बिहीवार भने एअरलाइन्सले बिरामीसहित दुई जना कुरुवा राखेर उपचारका लागि पठाएकाे नेपाल एअरलाइन्स जुम्लाका प्रमुख देवी न्यौपानले बताउनुभयो ।