नेपाललाई डब्लूएचओको क्षेत्रीय नेतृत्व गर्ने अवसर

जनपत्र
१८ आश्विन २०८०, बिहीबार ०८:०६

अबको एक महिनापछि आगामी ३१ अक्टोबरमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकका लागि निर्वाचन हुँदैछ । यसअघि सर्वसम्मत नेतृत्व चयन हुँदै आएकोमा यसपटक यो क्षेत्रका ११ वटामध्ये दुईवटा मुलुक नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

डब्लूएचओले २१ अप्रिलमा उम्मेदवारीका लागि दक्षिण-पूर्वी एसिया क्षेत्रका मुलुकहरूलाई पत्राचार गरेको थियो । त्यसको दुई महिनापछि २३ जुनमा नेपालले राष्ट्रसंघका लागि जेनेभास्थित नेपाली स्थायी नियोगले डब्लूएचओलाई पत्राचार गर्दै नेपालका तर्फबाट क्षेत्रीय निर्देशकको पदमा डा। शम्भु आचार्यको मनोनयन दर्ता भएको छ ।

हाल संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रको नेतृत्व भारतले गरिरहेको थियो । भारतका तर्फबाट डा। पुनम क्षेत्रपाल सिंहले संगठनको क्षेत्रीय निर्देशकमा निरन्तर दुई कार्यकाल सर्वसम्मत चयन भएर काम गरिसकेकी छन् । उनी पहिलोपटक सन् २०१४ र दोस्रोपटक सन् २०१८ मा गरी दुईपटक क्षेत्रीय निर्देशकमा चयन भएकी थिइन् ।

यसपटक भने संगठनको क्षेत्रीय निर्देशकका लागि चुनाव हुने भएको छ । नेपालबाट डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयसस्को मातहतमा ‘कन्ट्री स्ट्राटेजी एन्ड सपोर्ट डिपार्टमेन्ट’ को निर्देशक पदमा रहेर काम गरिरहेका डा. आचार्यको मनोनयन दर्ता भएको छ । आचार्यसँग प्रतिस्पर्धामा बंगलादेशबाट प्रधानमन्त्री शेख हसिना वाजेदकी छोरी साइमा वाजेद छन् ।

कडा प्रतिस्पर्धा

विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रमा ११ वटा देश रहेका छन् । जसमा नेपाल, भारत, भुटान, श्रीलंका, मालदिभ्स, म्यानमार, थाइल्याण्ड, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया र टिमोर लिस्टे छन् ।

अहिलेसम्म नेपालको पक्षमा अन्य चारवटा मुलुककले अनौपचारिक सहमति जनाइसकेका छन् । तर ११ मध्ये निर्वाचित हुन ६ मत प्राप्त गर्नुपर्छ । त्यसका लागि भारतको भूमिका मुख्य हुने देखिन्छ । भारत दक्षिण एसिया क्षेत्रको बलियो अर्थतन्त्र भएको मुलुक हुनाले पनि डब्लूएचओको निर्वाचनमा भूराजनीतिक सम्बन्धले पनि अर्थ राख्ने देखिन्छ । भारतले अहिलेसम्म नेपाललाई कुनै जवाफ दिएको छैन । तर भारतीय विदेश सचिव विनयमोहन क्वात्राले डा। आचार्यलाई भेट्ने समय दिएका कारण उनी केही दिनमा त्यसतर्फ जाँदैछन् ।

यससँगै डा। आचार्यले अन्य सदस्य राष्ट्रको समेत भ्रमणमा जाने कार्यतालिका बनाएका छन् ।

उम्मेदवारी दिएकामध्ये डा। आचार्य अहिलेसम्म नेपालबाट डब्लूएचओको उच्च ओहोदामा रहेर काम गरिरहेका पहिलो नेपाली हुन् ।

नेपालले संगठनको क्षेत्रीय निर्देशकका लागि मनोनयन दर्ता गरेसँगै डा। आचार्य हाल बिदामा छन् । सन् १९९२ देखि डब्लूएचओसँग जोडिएर काम गरिरहेका डा। आचार्य महानिर्देशक टेड्रोस र १५३ वटा देश सदस्य राष्ट्र रहेको सिंगो संगठनको मुख्यालयको व्यवस्थापनलाई रणनीतिक सुझाव दिनुका साथै दिशानिर्देश गर्ने काममा छन् । सोही पदमा रहेकै कारण आचार्यसँग विश्वभरका सदस्य राष्ट्रसँग सिधै सम्पर्कमा रहने र अन्तरक्रिया गर्ने अवसर थियो ।

महानिर्देशक टेड्रोसको रणनीतिक सल्लाहकार भएकाले पनि उनी अधिकांश मुलुकका राष्ट्रका प्रतिनिधिसँगको भेटघाट र छलफलमा उनीसँगै हुन्थे । जसका कारण उनको परिचय डब्लूएचओका सदस्य राष्ट्रका उच्चस्तरीय नेतृत्वसँग पनि व्यक्तिगत तहमा राम्रो सम्बन्ध छ ।

सरकारले आवश्यक पहल लिएको खण्डमा आफ्नो जित निश्चित भएको डा। आचार्य बताउँछन् । ‘मेरो लामो समयको अनुभव र डब्लूएचओको मुख्यालयमा कार्यरत रहेर गरेको कामको आधारमा हाम्रो लागि निकै ठूलो सम्भावना छ’, उनी भन्छन्, ‘यो सम्भावनालाई अवसरमा बदल्नका लागि सरकार नै लाग्नुपर्छ । व्यक्ति एक्लैले प्रयास त गर्न सक्छ, तर भूराजनीतिक सम्बन्धलाई पनि ख्याल गर्ने हो भने सरकार पनि लाग्नु जरुरी छ ।’

डा। आचार्यले सदस्य राष्ट्रहरुको समर्थन पाएर विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकमा निर्वाचित भएमा दक्षिण तथा दक्षिण पूर्वी एसियामा बसोबास गर्ने झन्डै दुई अर्ब जनताको स्वास्थ्यमा सुधार ल्याउन पाँच बुँदे रणनीति तयार पारेका छन्
सरकारले कूटनीतिक माध्यमबाट संगठनका सदस्य राष्ट्रसँग निर्देशक पदमा रहयोग गर्न आग्रह गरिरहेको छ । परराष्ट्र मन्त्रालयले क्षेत्रीय निर्देशक पदमा आचार्यको उम्मेदवारी दर्ता गराउँदै सम्बन्धित देशमा रहेका नेपाली राजदूतावासलाई समर्थन जुटाउनका लागि निर्देशन दिइसकेको छ ।

यसका साथै, नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सदस्य राष्ट्रका समकक्षी मन्त्रालयलाई परराष्ट्रमार्फत अनुरोध पत्र पठाइसकेको छ । प्रधानमन्त्रीले पनि आफ्ना समकक्षी सबै देशका राष्ट्र प्रमुखलाई पत्र लेख्ने छलफल भएको थियो । तर, अहिलेसम्म प्रधानमन्त्री कार्यालयबाट उक्त पत्र गएको बारेमा जानकारी आचार्यलाई छैन ।

प्रधानमन्त्री कार्यालयले भने परराष्ट्रले सरकारको तर्फबाट पत्र पठाउने भनेपछि प्रधानमन्त्री कार्यालयले छुट्टै पत्रातार गर्न जरुरी नभएको, बाँकी सबैसँग संवादमा रहेको जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले सरकारका तर्फबाट गर्नुपर्ने सबै प्रयास भइरहेको जानकारी दिए ।

‘संयुक्त राष्ट्रसंघको महासभादेखि विभिन्न देशमा भइरहेका कार्यक्रममा प्रधानमन्त्री स्वयं र सरकारका मन्त्रीहरूले सम्बन्धित मुलुकका मन्त्री र प्रतिनिधिहरूसँग संवाद गरिरहनु भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले भने, ‘प्रधानमन्त्रीकै स्तरबाट पत्र पठाउने कुरा पनि छलफल भएको थियो । तर प्रधानमन्त्रीकै निर्देशनमा परराष्ट्र मन्त्रालयले पत्र पठाइ सकेको छ । प्रधानमन्त्रीले अब छुट्टै पत्र पठाउनु पर्ने देखिँदैन ।’

यस्तै गत १९ देखि २२ भदौसम्म जनसंख्या तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन इजिप्ट पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पनि सरोकारवाला देशसँग नेपाललाई समर्थन गर्न आग्रह गरेका थिए ।

त्यसअघि ७ देखि १८ जेठसम्म स्विट्जरल्याण्डको जेनेभामा डब्लूएचओको ७६औं महासभामा भाग लिन पुग्दा पनि स्वास्थ्य मन्त्री बस्नेतले डा। आचार्यको समर्थनको लागि लबिङ गरेको बताए थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत १७ जेठमा सम्पन्न भारत भ्रमणमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट पठाएको एजेण्डामा डब्लूएचओको क्षेत्रीय निर्देशकमा डा। आचार्यलाई निर्वाचित गराउन भारतीय पक्षको सहयोग जुटाउने औपचारिक प्रस्ताव राखिएको थियो ।

हालै संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्यूर्योक पुगेका प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदले पनि सदस्य राष्ट्रका समकक्षीसँग साइडलाइन भेट गरी नेपालको पक्षमा लबिङ गरेका थिए ।

तर नेपालको तुलनामा बंगलादेशको लबिङ तीव्र छ । बंगलादेशी उम्मेदवार वाजेद प्रधानमन्त्रीसमेत रहेकी आफ्नी आमा शेख हसिनासँग ठूलठूला अन्तर्राष्ट्रिय फोरममा पुगेर आफ्नो पक्षमा लबिङ गरिरहेकी छन् । अघिल्लो महिना भारतमा सम्पन्न जी-२० सम्मेलनमा प्रधानमन्त्रीसँगै पुगेकी वाजेदले भारतीय प्रधानमन्त्री र सरकारका उच्च अधिकारीसँग भेट गरेकी थिइन् । नेपाललाई भने निम्तो नभएका कारण सहभागी भएन ।

यस्तै संयुक्त राष्ट्र संघको महासभामा पनि उनले व्यापक छलफल र अन्तरक्रिया गरेर आफ्नो पक्षमा समर्थन् जुटाउने कोशिष गरेकी थिइन् । त्यसअघि ब्रिक्स सम्मेलनमा समेत उनी पुगेकी थिइन् । त्यसबाहेक पनि उनले विभिन्न फोरमहरूमा वाजेदको दौडधुम तीव्र छ ।

पेशाले मनोवैज्ञानिक रहेकी वाजेद बंगलादेश सरकारको सल्लाहकार समेत हुन् । जसका कारण उनी बंगलादेशको प्रधानमन्त्रीस्तरमा हुने उच्चस्तीय कूटनीतिक भ्रमणमा सहभागी हुने गरेकी छन् । वाजेद केही समयअघि आसियान समिटमा हिस्सा लिन बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनसँग इन्डिोनेसिया पुगेकी थिइन । जकार्तामा उनले इन्डोनेसियाका विदेशमन्त्री रेटनो मर्सुर्दीसँग भेटघाट गरेकी थिइन् ।

यद्यपि, बंगलादेशकी उम्मेदवार वाजेदको तुलनामा नेपालका उम्मेदवार आचार्य बलिया दाबेदार रहेको विश्लेषण भइरहेको छ । अन्तर्राष्ट्रि सञ्चार माध्यम र स्वास्थ्यसम्बन्धि जर्नलहरूले पनि आचार्यको पक्षमा सामग्री प्रकाशन गरिरहेका छन् । तर वाजेदको हकमा भने आलोचना भइरहेको छ । उनले आफ्नी आमाको पदको आडमा दावी प्रस्तुत गरेको भन्दै विज्ञताको हिसाबले आचार्य नै काविल रहेको दावी भइरहेको छ ।

आचार्यको प्रोफाइलका कारण हच्किएको बंगलादेशले नेपाललाई विभिन्न कूटनीतिक माध्यमबाट उम्मेदवारी फिर्ताका लागि कूटनीतिक स्तरबाट अनुरोध समेत गरिरहेको छ ।
डब्लूएचओले पत्राचार गरेसँगै सुरुमा इन्डोनेसिया र श्रीलंकाले पनि मनोनयन दर्ताको तयारी गरेका थिए । तर इन्डोलेसियाले उम्मेदवार छनौट गर्न नसक्दा र श्रीलंका आफैँ आर्थिक संकटमा रहेका कारण पछि हटेका थिए ।

नेपालको कति बलियो दावेदार ?

नेपालको तुलनामा भूराजनीतिक सम्बन्धका हिसाबले बंगलादेश बलियो छ । किनभने, सदस्य राष्ट्रमध्ये श्रीलंकालाई बंगलादेशले विभिन्न क्षेत्रमा आर्थिक सहयोग गरिरहेको छ । व्यापार सम्बन्धका कारण निर्णायक मानिने भारतले पनि नेपाललाई भन्दा बंगलादेशलाई बढी प्राथमिकतामा राख्ने देखिन्छ । विभिन्न अन्तर्राष्ट्रि फोरममा भारतले दुई देशसँग गरेको व्यवहारले पनि उसको प्राथमिकता स्पष्ट हुन्छ । अन्य मुलुकसँग पनि नेपालको तुलनामा बंगलादेशको व्यापार सम्बन्ध बढी छ ।

तर उम्मेदवारको अनुभव र कार्य दक्षताका हिसाबले बंगलादेशभन्दा नेपाल बलियो छ । अहिले डब्लूएचओको चुनावकै सन्दर्भमा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । त्यसमा वाजेदको तुलनामा आचार्य बढी प्रभावि देखिएका छन् ।

डब्लूएचओले गएको १५ सेप्टेम्बर १ अक्टोबरसम्म वेब फोरम आयोजना गरिएको थियो । उक्त फोरममा सदस्य राष्ट्रले प्रश्न गर्ने र उम्मेदवारले जफाव दिनुपर्छ । त्यसमा सोधिएका कुल २१ वटा प्रश्नमा आचार्यले सबै प्रश्नको जवाफ दिएका छन् भने वाजेदले ७ वटा प्रश्नको मात्रै जवाफ दिन सकिन् ।

यसका साथै, दुवै उम्मेदवारको अध्ययन र अनुभव पनि चर्चाको विषय बनेका छन् ।

आचार्य निर्देशक हुँदा के फाइदा हुन्छ ?

निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँमा सचिवालय स्थापना गरेर तयारीमा लागेका आचार्य आफ्नो जितले सिंगो दक्षिणपूर्वी एसियासँगै नेपाललाई पनि विशेष फाइदा पुग्ने बताउँछन् ।

‘यसले मेरो आफ्नो मुलुक भएकाले नेपाललाई त फाइदा हुन्छ नै यो क्षेत्रका हरेक मुलुकलाई संयुक्त राष्ट्रसंघमार्फत गर्न सकिने योगदानमा धेरै नै मद्दत पुग्छ’, डा। आचार्यको भनाइ छ, ‘त्यसका लागि मसँग स्पष्ट दृष्टिकोण र एजेन्डाहरू छन् । योभन्दा पनि महत्वपूर्ण मैले डब्लूएचओ र त्यसमा पनि महानिर्देशकको मातहतमा रहेका काम गरेको लामो अनुभव हो ।’

आचार्य विगत ३० वर्षदेखि विश्व स्वास्थ्य संगठनअन्तर्गत स्वास्थ्य नीति, कार्यक्रम तथा बजेटसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारीमा रही काम गर्दै आएका छन् ।

आचार्यसँग लामो समयदेखि स्वास्थ्य क्षेत्रमा स्थानीय, राष्ट्रिय तथा बहुपक्षीय सार्वजनिक स्वास्थ्य प्रणालीमा काम गरेको अनुभव छ । यही अनुभवको आधारमा नेपाललाई स्वास्थ्य शिक्षाको क्षेत्रमा सहयोग ल्याउन सकिने उनी बताउँछन् ।

साथै, हालसम्म यस्ता अन्तर्राष्ट्रिय फोरममा नेपालको उपस्थिति न्यून रहेको अवस्थामा क्षेत्रीय निर्देशक नै नेपालले पाएको खण्डमा त्यसले मुलुकको दायरालाई बढाउने देखिन्छ ।

डा। आचार्यले सदस्य राष्ट्रहरुको समर्थन पाएर विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकमा निर्वाचित भएमा दक्षिण तथा दक्षिण पूर्वी एसियामा बसोबास गर्ने झन्डै दुई अर्ब जनताको स्वास्थ्यमा सुधार ल्याउन पाँच बुँदे रणनीति तयार पारेका छन् ।

जसमा, यो क्षेत्रको जनस्वास्थ्यलाई प्रभाव पार्ने स्वास्थ्य र कल्याणकारी योजनाको प्रवर्द्धन गर्ने, बलियो, समावेशी र प्राथमिक स्वास्थ्य हेरचाहको व्यवस्था गरी स्वास्थ्य सम्बन्धि दिगो विकासका लक्ष्यहरू प्राप्त गर्ने, भविष्यका महामारी र आपतकालीन अवस्थाका लागि पूर्वतयारी र सुरक्षा व्यवस्थापन गर्ने, स्वास्थ्य क्षेत्रमा डिजिटलाइज गरी सबैको पहुँचमा पुर्‍याउने र डब्लूएचओले अघि सारेका एजेन्डामा सबैलाई एकताबद्ध बनाएर स्वास्थ्य प्रणालीमा एकरुपता ल्याउने रहेका छन् ।अबको एक महिनापछि आगामी ३१ अक्टोबरमा विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० को दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकका लागि निर्वाचन हुँदैछ । यसअघि सर्वसम्मत नेतृत्व चयन हुँदै आएकोमा यसपटक यो क्षेत्रका ११ वटामध्ये दुईवटा मुलुक नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

डब्लूएचओले २१ अप्रिलमा उम्मेदवारीका लागि दक्षिण-पूर्वी एसिया क्षेत्रका मुलुकहरूलाई पत्राचार गरेको थियो । त्यसको दुई महिनापछि २३ जुनमा नेपालले राष्ट्रसंघका लागि जेनेभास्थित नेपाली स्थायी नियोगले डब्लूएचओलाई पत्राचार गर्दै नेपालका तर्फबाट क्षेत्रीय निर्देशकको पदमा डा। शम्भु आचार्यको मनोनयन दर्ता भएको छ ।

हाल संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रको नेतृत्व भारतले गरिरहेको थियो । भारतका तर्फबाट डा। पुनम क्षेत्रपाल सिंहले संगठनको क्षेत्रीय निर्देशकमा निरन्तर दुई कार्यकाल सर्वसम्मत चयन भएर काम गरिसकेकी छन् । उनी पहिलोपटक सन् २०१४ र दोस्रोपटक सन् २०१८ मा गरी दुईपटक क्षेत्रीय निर्देशकमा चयन भएकी थिइन् ।

यसपटक भने संगठनको क्षेत्रीय निर्देशकका लागि चुनाव हुने भएको छ । नेपालबाट डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयसस्को मातहतमा ‘कन्ट्री स्ट्राटेजी एन्ड सपोर्ट डिपार्टमेन्ट’ को निर्देशक पदमा रहेर काम गरिरहेका डा। आचार्यको मनोनयन दर्ता भएको छ । आचार्यसँग प्रतिस्पर्धामा बंगलादेशबाट प्रधानमन्त्री शेख हसिना वाजेदकी छोरी साइमा वाजेद छन् ।

कडा प्रतिस्पर्धा

विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रमा ११ वटा देश रहेका छन् । जसमा नेपाल, भारत, भुटान, श्रीलंका, मालदिभ्स, म्यानमार, थाइल्याण्ड, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया र टिमोर लिस्टे छन् ।

अहिलेसम्म नेपालको पक्षमा अन्य चारवटा मुलुककले अनौपचारिक सहमति जनाइसकेका छन् । तर ११ मध्ये निर्वाचित हुन ६ मत प्राप्त गर्नुपर्छ । त्यसका लागि भारतको भूमिका मुख्य हुने देखिन्छ । भारत दक्षिण एसिया क्षेत्रको बलियो अर्थतन्त्र भएको मुलुक हुनाले पनि डब्लूएचओको निर्वाचनमा भूराजनीतिक सम्बन्धले पनि अर्थ राख्ने देखिन्छ । भारतले अहिलेसम्म नेपाललाई कुनै जवाफ दिएको छैन । तर भारतीय विदेश सचिव विनयमोहन क्वात्राले डा। आचार्यलाई भेट्ने समय दिएका कारण उनी केही दिनमा त्यसतर्फ जाँदैछन् ।

यससँगै डा। आचार्यले अन्य सदस्य राष्ट्रको समेत भ्रमणमा जाने कार्यतालिका बनाएका छन् ।

उम्मेदवारी दिएकामध्ये डा। आचार्य अहिलेसम्म नेपालबाट डब्लूएचओको उच्च ओहोदामा रहेर काम गरिरहेका पहिलो नेपाली हुन् ।

नेपालले संगठनको क्षेत्रीय निर्देशकका लागि मनोनयन दर्ता गरेसँगै डा। आचार्य हाल बिदामा छन् । सन् १९९२ देखि डब्लूएचओसँग जोडिएर काम गरिरहेका डा। आचार्य महानिर्देशक टेड्रोस र १५३ वटा देश सदस्य राष्ट्र रहेको सिंगो संगठनको मुख्यालयको व्यवस्थापनलाई रणनीतिक सुझाव दिनुका साथै दिशानिर्देश गर्ने काममा छन् । सोही पदमा रहेकै कारण आचार्यसँग विश्वभरका सदस्य राष्ट्रसँग सिधै सम्पर्कमा रहने र अन्तरक्रिया गर्ने अवसर थियो ।

महानिर्देशक टेड्रोसको रणनीतिक सल्लाहकार भएकाले पनि उनी अधिकांश मुलुकका राष्ट्रका प्रतिनिधिसँगको भेटघाट र छलफलमा उनीसँगै हुन्थे । जसका कारण उनको परिचय डब्लूएचओका सदस्य राष्ट्रका उच्चस्तरीय नेतृत्वसँग पनि व्यक्तिगत तहमा राम्रो सम्बन्ध छ ।

सरकारले आवश्यक पहल लिएको खण्डमा आफ्नो जित निश्चित भएको डा। आचार्य बताउँछन् । ‘मेरो लामो समयको अनुभव र डब्लूएचओको मुख्यालयमा कार्यरत रहेर गरेको कामको आधारमा हाम्रो लागि निकै ठूलो सम्भावना छ’, उनी भन्छन्, ‘यो सम्भावनालाई अवसरमा बदल्नका लागि सरकार नै लाग्नुपर्छ । व्यक्ति एक्लैले प्रयास त गर्न सक्छ, तर भूराजनीतिक सम्बन्धलाई पनि ख्याल गर्ने हो भने सरकार पनि लाग्नु जरुरी छ ।’

डा। आचार्यले सदस्य राष्ट्रहरुको समर्थन पाएर विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकमा निर्वाचित भएमा दक्षिण तथा दक्षिण पूर्वी एसियामा बसोबास गर्ने झन्डै दुई अर्ब जनताको स्वास्थ्यमा सुधार ल्याउन पाँच बुँदे रणनीति तयार पारेका छन्
सरकारले कूटनीतिक माध्यमबाट संगठनका सदस्य राष्ट्रसँग निर्देशक पदमा रहयोग गर्न आग्रह गरिरहेको छ । परराष्ट्र मन्त्रालयले क्षेत्रीय निर्देशक पदमा आचार्यको उम्मेदवारी दर्ता गराउँदै सम्बन्धित देशमा रहेका नेपाली राजदूतावासलाई समर्थन जुटाउनका लागि निर्देशन दिइसकेको छ ।

यसका साथै, नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सदस्य राष्ट्रका समकक्षी मन्त्रालयलाई परराष्ट्रमार्फत अनुरोध पत्र पठाइसकेको छ । प्रधानमन्त्रीले पनि आफ्ना समकक्षी सबै देशका राष्ट्र प्रमुखलाई पत्र लेख्ने छलफल भएको थियो । तर, अहिलेसम्म प्रधानमन्त्री कार्यालयबाट उक्त पत्र गएको बारेमा जानकारी आचार्यलाई छैन ।

प्रधानमन्त्री कार्यालयले भने परराष्ट्रले सरकारको तर्फबाट पत्र पठाउने भनेपछि प्रधानमन्त्री कार्यालयले छुट्टै पत्रातार गर्न जरुरी नभएको, बाँकी सबैसँग संवादमा रहेको जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले सरकारका तर्फबाट गर्नुपर्ने सबै प्रयास भइरहेको जानकारी दिए ।

‘संयुक्त राष्ट्रसंघको महासभादेखि विभिन्न देशमा भइरहेका कार्यक्रममा प्रधानमन्त्री स्वयं र सरकारका मन्त्रीहरूले सम्बन्धित मुलुकका मन्त्री र प्रतिनिधिहरूसँग संवाद गरिरहनु भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले भने, ‘प्रधानमन्त्रीकै स्तरबाट पत्र पठाउने कुरा पनि छलफल भएको थियो । तर प्रधानमन्त्रीकै निर्देशनमा परराष्ट्र मन्त्रालयले पत्र पठाइ सकेको छ । प्रधानमन्त्रीले अब छुट्टै पत्र पठाउनु पर्ने देखिँदैन ।’

यस्तै गत १९ देखि २२ भदौसम्म जनसंख्या तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन इजिप्ट पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पनि सरोकारवाला देशसँग नेपाललाई समर्थन गर्न आग्रह गरेका थिए ।

त्यसअघि ७ देखि १८ जेठसम्म स्विट्जरल्याण्डको जेनेभामा डब्लूएचओको ७६औं महासभामा भाग लिन पुग्दा पनि स्वास्थ्य मन्त्री बस्नेतले डा। आचार्यको समर्थनको लागि लबिङ गरेको बताए थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत १७ जेठमा सम्पन्न भारत भ्रमणमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट पठाएको एजेण्डामा डब्लूएचओको क्षेत्रीय निर्देशकमा डा। आचार्यलाई निर्वाचित गराउन भारतीय पक्षको सहयोग जुटाउने औपचारिक प्रस्ताव राखिएको थियो ।

हालै संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्यूर्योक पुगेका प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदले पनि सदस्य राष्ट्रका समकक्षीसँग साइडलाइन भेट गरी नेपालको पक्षमा लबिङ गरेका थिए ।

तर नेपालको तुलनामा बंगलादेशको लबिङ तीव्र छ । बंगलादेशी उम्मेदवार वाजेद प्रधानमन्त्रीसमेत रहेकी आफ्नी आमा शेख हसिनासँग ठूलठूला अन्तर्राष्ट्रिय फोरममा पुगेर आफ्नो पक्षमा लबिङ गरिरहेकी छन् । अघिल्लो महिना भारतमा सम्पन्न जी(२० सम्मेलनमा प्रधानमन्त्रीसँगै पुगेकी वाजेदले भारतीय प्रधानमन्त्री र सरकारका उच्च अधिकारीसँग भेट गरेकी थिइन् । नेपाललाई भने निम्तो नभएका कारण सहभागी भएन ।

यस्तै संयुक्त राष्ट्र संघको महासभामा पनि उनले व्यापक छलफल र अन्तरक्रिया गरेर आफ्नो पक्षमा समर्थन् जुटाउने कोशिष गरेकी थिइन् । त्यसअघि ब्रिक्स सम्मेलनमा समेत उनी पुगेकी थिइन् । त्यसबाहेक पनि उनले विभिन्न फोरमहरूमा वाजेदको दौडधुम तीव्र छ ।

पेशाले मनोवैज्ञानिक रहेकी वाजेद बंगलादेश सरकारको सल्लाहकार समेत हुन् । जसका कारण उनी बंगलादेशको प्रधानमन्त्रीस्तरमा हुने उच्चस्तीय कूटनीतिक भ्रमणमा सहभागी हुने गरेकी छन् । वाजेद केही समयअघि आसियान समिटमा हिस्सा लिन बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनसँग इन्डिोनेसिया पुगेकी थिइन । जकार्तामा उनले इन्डोनेसियाका विदेशमन्त्री रेटनो मर्सुर्दीसँग भेटघाट गरेकी थिइन् ।

यद्यपि, बंगलादेशकी उम्मेदवार वाजेदको तुलनामा नेपालका उम्मेदवार आचार्य बलिया दाबेदार रहेको विश्लेषण भइरहेको छ । अन्तर्राष्ट्रि सञ्चार माध्यम र स्वास्थ्यसम्बन्धि जर्नलहरूले पनि आचार्यको पक्षमा सामग्री प्रकाशन गरिरहेका छन् । तर वाजेदको हकमा भने आलोचना भइरहेको छ । उनले आफ्नी आमाको पदको आडमा दावी प्रस्तुत गरेको भन्दै विज्ञताको हिसाबले आचार्य नै काविल रहेको दावी भइरहेको छ ।

आचार्यको प्रोफाइलका कारण हच्किएको बंगलादेशले नेपाललाई विभिन्न कूटनीतिक माध्यमबाट उम्मेदवारी फिर्ताका लागि कूटनीतिक स्तरबाट अनुरोध समेत गरिरहेको छ ।
डब्लूएचओले पत्राचार गरेसँगै सुरुमा इन्डोनेसिया र श्रीलंकाले पनि मनोनयन दर्ताको तयारी गरेका थिए । तर इन्डोलेसियाले उम्मेदवार छनौट गर्न नसक्दा र श्रीलंका आफैँ आर्थिक संकटमा रहेका कारण पछि हटेका थिए ।

नेपालको कति बलियो दावेदार ?

नेपालको तुलनामा भूराजनीतिक सम्बन्धका हिसाबले बंगलादेश बलियो छ । किनभने, सदस्य राष्ट्रमध्ये श्रीलंकालाई बंगलादेशले विभिन्न क्षेत्रमा आर्थिक सहयोग गरिरहेको छ । व्यापार सम्बन्धका कारण निर्णायक मानिने भारतले पनि नेपाललाई भन्दा बंगलादेशलाई बढी प्राथमिकतामा राख्ने देखिन्छ । विभिन्न अन्तर्राष्ट्रि फोरममा भारतले दुई देशसँग गरेको व्यवहारले पनि उसको प्राथमिकता स्पष्ट हुन्छ । अन्य मुलुकसँग पनि नेपालको तुलनामा बंगलादेशको व्यापार सम्बन्ध बढी छ ।

तर उम्मेदवारको अनुभव र कार्य दक्षताका हिसाबले बंगलादेशभन्दा नेपाल बलियो छ । अहिले डब्लूएचओको चुनावकै सन्दर्भमा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । त्यसमा वाजेदको तुलनामा आचार्य बढी प्रभावि देखिएका छन् ।

डब्लूएचओले गएको १५ सेप्टेम्बर १ अक्टोबरसम्म वेब फोरम आयोजना गरिएको थियो । उक्त फोरममा सदस्य राष्ट्रले प्रश्न गर्ने र उम्मेदवारले जफाव दिनुपर्छ । त्यसमा सोधिएका कुल २१ वटा प्रश्नमा आचार्यले सबै प्रश्नको जवाफ दिएका छन् भने वाजेदले ७ वटा प्रश्नको मात्रै जवाफ दिन सकिन् ।

यसका साथै, दुवै उम्मेदवारको अध्ययन र अनुभव पनि चर्चाको विषय बनेका छन् ।

आचार्य निर्देशक हुँदा के फाइदा हुन्छ ?

निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँमा सचिवालय स्थापना गरेर तयारीमा लागेका आचार्य आफ्नो जितले सिंगो दक्षिणपूर्वी एसियासँगै नेपाललाई पनि विशेष फाइदा पुग्ने बताउँछन् ।

‘यसले मेरो आफ्नो मुलुक भएकाले नेपाललाई त फाइदा हुन्छ नै यो क्षेत्रका हरेक मुलुकलाई संयुक्त राष्ट्रसंघमार्फत गर्न सकिने योगदानमा धेरै नै मद्दत पुग्छ’, डा। आचार्यको भनाइ छ, ‘त्यसका लागि मसँग स्पष्ट दृष्टिकोण र एजेन्डाहरू छन् । योभन्दा पनि महत्वपूर्ण मैले डब्लूएचओ र त्यसमा पनि महानिर्देशकको मातहतमा रहेका काम गरेको लामो अनुभव हो ।’

आचार्य विगत ३० वर्षदेखि विश्व स्वास्थ्य संगठनअन्तर्गत स्वास्थ्य नीति, कार्यक्रम तथा बजेटसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारीमा रही काम गर्दै आएका छन् ।

आचार्यसँग लामो समयदेखि स्वास्थ्य क्षेत्रमा स्थानीय, राष्ट्रिय तथा बहुपक्षीय सार्वजनिक स्वास्थ्य प्रणालीमा काम गरेको अनुभव छ । यही अनुभवको आधारमा नेपाललाई स्वास्थ्य शिक्षाको क्षेत्रमा सहयोग ल्याउन सकिने उनी बताउँछन् ।

साथै, हालसम्म यस्ता अन्तर्राष्ट्रिय फोरममा नेपालको उपस्थिति न्यून रहेको अवस्थामा क्षेत्रीय निर्देशक नै नेपालले पाएको खण्डमा त्यसले मुलुकको दायरालाई बढाउने देखिन्छ ।

डा। आचार्यले सदस्य राष्ट्रहरुको समर्थन पाएर विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकमा निर्वाचित भएमा दक्षिण तथा दक्षिण पूर्वी एसियामा बसोबास गर्ने झन्डै दुई अर्ब जनताको स्वास्थ्यमा सुधार ल्याउन पाँच बुँदे रणनीति तयार पारेका छन् ।

जसमा, यो क्षेत्रको जनस्वास्थ्यलाई प्रभाव पार्ने स्वास्थ्य र कल्याणकारी योजनाको प्रवर्द्धन गर्ने, बलियो, समावेशी र प्राथमिक स्वास्थ्य हेरचाहको व्यवस्था गरी स्वास्थ्य सम्बन्धि दिगो विकासका लक्ष्यहरू प्राप्त गर्ने, भविष्यका महामारी र आपतकालीन अवस्थाका लागि पूर्वतयारी र सुरक्षा व्यवस्थापन गर्ने, स्वास्थ्य क्षेत्रमा डिजिटलाइज गरी सबैको पहुँचमा पुर्‍याउने र डब्लूएचओले अघि सारेका एजेन्डामा सबैलाई एकताबद्ध बनाएर स्वास्थ्य प्रणालीमा एकरुपता ल्याउने रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*