हेटौंडामा रोकिराखेको म्याजिकलाई ट्रकले ठक्कर दिदा नौ जना घाइते

जनपत्र
१७ आश्विन २०८०, बुधबार १४:२७

हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर–१९ सान्नानीटार स्थित पुर्व पश्चिम सडक खण्डमा रोकिराखेको म्याजिकलाई ट्रकले ठक्कर दिदा नौ जना घाइते भएका छन् ।

मनहरीबाट हेटौडा तर्फ आउदै गरेको ना १ ज ३१६७ नम्बरको म्याजिक साईडमा रोकी यात्रु चढाईरहेको अबस्थामा सोहि दिशाबाट हेटौडा तर्फ आउदै गरेको ना ५ ख ९६८४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिदा नौ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते मध्य दुइ जनाको चितवनमा रिफर गरिएको छ भने अरु ७ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*