मितेरी टोल विकास संस्थामा पुनः गिता तिमल्सीना

जनपत्र
७ भाद्र २०७६, शनिबार २०:१९

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलमा रहेको मितेरी टोल विकास संस्थाको १७ औ बार्षिक साधारसभाले पुनः गिता तिमल्सीनाको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरिएको छ । समितिका उपाध्यक्षमा भगवती तिमल्सीना, सचिव इन्द्रकुमारी तामाङ, कोषाध्यक्षमा निर्मला सुवेदी र सदस्यहरुमा बिद्या आले, दुर्गा गिरी, स्वरुपा राना, साबित्री बिडारी, अन्जु श्रेष्ठ, कमला पौडेल, दिपा ढकाल चयन भएका छन् ।

हेटौंडा २ का वडा सदस्य महेश्वरमान श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका कोषाध्यक्ष चन्द्रावती पनेरु, टोल विकास संस्था हेटौंडा २ का इन्चार्ज भूगोल तर्फका मायाँ पौडेल, ओम बृद्धाश्रमका अध्यक्ष बुद्धी प्रसाद पौडेल, सुन्दर सामुदायिक वनका अध्यक्ष कमल लामा, टोल विकास संस्था नगर समन्वय समितिका सदस्य तारा ढुंगाना लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष गिता तिमल्सीनाको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*