नारी सिपको योगदान उच्च छ- प्रदेश सभा सदस्य सिग्देल

जनपत्र
७ भाद्र २०७६, शनिबार १६:४६

हेटौंडा । महिलाको नेतृत्व बिकास, सीप बिकास, आर्थिक आत्मनिर्भरतामा नारी सीप सृजना केन्द्र नेपालको भूमिका महत्त्वपूर्ण रहेको प्रदेश सभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देलले बताएकी छिन् ।

महिलाको प्रगतिशील यात्रामा गैरसरकारी संस्थाले गर्नुपर्ने सहयोगमा नारिसिप सृजना केन्द्र अब्बल रहेको उनले बताइन् । नारी सीप सृजना केन्द्र नेपालको २३ औं बार्षिक साधारण सभा, दशौ अधिबेशनमा तथा सामाजिक परिक्षण कार्यक्रममा बोल्दै सिग्देलले यस्तो बताएकी हुन् ।

२०४९ मा स्थापना भएको नारिसिप सृजना केन्द्र नेपाल लगातारको लगानीमापछिको उपलब्धि मुल्यांकन गर्ने बेला भएको उनले बताइन् । संस्थाको कारण भएको परिवर्तन र अबको आवस्यकता बारे मुल्यांकन गरेर योजना बनाउन तर्फ लाग्नुपर्छ  सिग्देलले भनिन् अब हिजोको ढंग त्यागेर स्थानीय सरकारसंग समन्वय गर्दै अगाडि बढ्न पर्छ ।

नारी सीप सृजना केन्द्रको संस्थापक सदस्य समेत रहेकी सिग्देलले आगामी दिनमा स्थानीय तहको आवश्यकता अनुसारको कार्यक्रम फिल्डमा ल्याउन नयाँ नेतृत्वलाई आग्रह गरिन ।

कार्यक्रममा प्रदेश सभा सदस्य जुनेली श्रेष्ठले राजनीतिक वकालतलगायतको क्षेत्रमा गरेको योगदान महत्त्व धेरै रहेको बताइन् । संस्थाले समाजको सामाजिक बिकासको लागि लगातार काम गर्दा पनि राज्याले सकारात्मक रुपमा नहेर्ने गरेको गुनासो प्रदेश सभा सदस्य श्रेष्ठले बताइन् ।

संस्थाले बिगतमा गरेको गरिमामय कामको कारण आजसम्म टिकेको बताउदै प्रदेश सभा सदस्य श्रेष्ठले अब पनि संस्थाले भोलिको सन्ततिको लागि सपोर्ट हुने गरि काम गर्नुपर्ने बताईन ।

समाजमा विभिन्न तवरले हिंसा खेपिरहेका घरबाट बाहिर ननिस्केका महिला बालबालिकालाई संस्थाले उद्वारसंगै क्षमतावान बनाएको मनहरी गाउपालिका उपप्रमुख मनिला बिष्टले बताईन ।

अधिबेशन कार्यक्रममा केन्द्र सचीव कल्पना  बिश्वकर्माले संस्थाको प्रगति प्रतिबेदन, लेखा प्रमुख निवास गजुरेलले लेखा प्रतिबेदन तथा केन्द्रका कार्यकारी निर्देशक चिरञ्जीवी पौडेलले संस्थाको बृत्तचित्र तथा कार्ययोजना प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाका संस्थापक सदस्यहरु सीता अधिकारी र शान्त न्यौपानेलाई सम्मान गरिएको थियो । यसैगरी संस्थामा प्रशंसनीय काम गरे बापत संस्थाको लेखा प्रमुख निवास गजुरेल र कार्यालय सहयोगी अम्बिका सिग्देललाई प्रशंसापत्र प्रदान गरेको थियो ।

केन्द्र अध्यक्ष उमा सुबेदिको अध्यक्षतामा भएको कार्यक्रम प्रदेश सभा सदस्य मुनु सिग्देलले प्रमुख तथा जुनेली श्रेष्ठको बिशेष आतिथ्यमा भएको थियो । अधिबेशनले आगामी २ बर्षको लागि नयां कार्यसमिति चयन गरेको छ ।

नारी सिप सृजना केन्द्र मकवानपुरको अध्यक्षमा सरस्वती वतौला

नारी सिप सृजना केन्द्र मकवानपुरको २३ औ साधारण सभाले सरस्वती वतौलाको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरिएको छ । संस्थाको उपाध्यक्षमा सिता अधिकारी, सचिवमा कल्पना विश्वकर्मा, सह सचिवमा दुर्गा नेपाल, कोषाध्यक्षमा रेणु गुरुङ र सदस्यहरुमा सुन्तलीमायाँ चेपाङ र सर्मिला विक चयन हुनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*